विस्का जात्रासँगै गन्तव्य मध्यपुरको तयारीमा मध्यपुर थिमी नपा
भक्तपुर। चैत्र २३ गते
मध्यपुर थिमी नगरपालिकाले आसन्न बिस्का जात्रासँगै गन्तव्य मध्यपुरका कार्यक्रमहरु सार्वजनिक गरेको छ । मध्यपुर थिमीको पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले विस्का जात्रासँगै विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
यस वर्षको विस्का जात्राका विभिन्न पर्वहरुसँगै मध्यपुर थिमीको पहिचान झल्काउन गन्तव्य मध्यपुर कार्यक्रम आयोजनाको तयारी भएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जनाएको छ । मध्यपुर थिमीमा मनाईने विस्का जात्रासँगै गन्तव्य मध्यपुर सफल पार्न चैत २८ र २९ गते विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन प्रदर्शनी तथा बाजा प्रतियोगिता आयोजना गरिने नगरपालिकाले जनाएको छ । मध्यपुर थिमीका स्थानीय हस्तकला, घरेलु उत्पादन र परम्परागत परिकारको प्रदर्शनी तथा बिक्री वितरणका साथै आन्तिरिक तथा बाह्य पर्यटकहरुलाई आमन्त्रण गरिने छ ।
(कार्यक्रम तालिका)
१. स्थानीय उत्पादन तथा हस्तकला प्रवद्र्धन तथा बिक्री केन्द्र उद्घाटन
मितिः २०८२ चैत २८ गते
समयः बिहान ९ बजे
स्थानः शंखधरचोक, थिमी
२. खुला थिमी बाजा प्रतियोगिता उद्घाटन
मितिः २०८२ चैत २८ गते
समयः बिहान ११ बजे
स्थानः निगु पुखु (दुई पोखरी) परिसर
३. स्थानीय घरेलु उत्पादन प्रदर्शनी तथा मेला
मितिः २०८२ चैत २८ र २९ गते
स्थानः निगु पुखु (दुई पोखरी) परिसर
४. सांस्कृतिक कार्यक्रम
मितिः २०८२ चैत २९ गते
समयः बिहान ११ बजे देखि साँझ ६ बजेसम्म
स्थानः निगु पुखु (दुई पोखरी) परिसर













