लक्ष्मी गाई फार्ममा आगलागी हुँदा ४ गाई मरे, ५ घाईते
भक्तपुर, चैत्र २३ गते
भक्तपुर नगरपालिका वडा नं १० स्थित पाइपलाइन क्षेत्रको लक्ष्मी गाईफाममा आज दिउँसो लागेको आगजनीबाट ४ गाई मरेको छ भने ५ गाई सक्त धाइते भएको छ । लक्ष्मी गिरीले सञ्चालन गरेको सो गाई फाममा विद्युत सर्त भई आगजनी भएको स्थानीयले बताएका छन् । ४ वटा ब्याउने गाई समेत रहेको सो गाई फाममा भएको आगजनीबाट १५ लाख भन्दा बढी धनमालको नोक्सानी भएको स्थानीयको अनुमान छ । आगलागीमा परि मरेका गाईलाई आजै खाल्डो खनेर गाडिएको छ भने विमा कम्पनी समक्ष विमा दाबी समेत गरिएको छ ।



खेतको बीचमा कचि बाटो मात्र हुँदा भक्तपुर बारुद्ध यन्त्रको डमकल आएर पनि आगो नियन्त्रणमा परिचालन गर्न नसक्दा बढी क्षेति पुगेको स्थानीयले गुनासो गरेका छन् । डमकल आउँदा खरिपाटी व्यारेक पुग्यो त्यसपछि आगलागि भएको ठाउँमा पुग्न खोज्दा बाटो नमिले पछि स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लियो । सो अवधीमा सबै गाईहरु जलि सकेको थियो । घाइते गाईको पशुचिकित्सकहरुबाट उपचार भइरहे पनि बाहिरी भागहर अधिकांस जलेकाले बाँच्ने संभावना कम रहेको स्थानीयको भनाई छ ।












