भक्तपुर नगरका विभिन्न विद्यालयहरुको आज वार्षिकोत्सव
भक्तपुर, फागुण २९ गते
भक्तपुर नगरका विभिन्न विद्यालयहरुले आज वार्षिकोत्सब सामारोह आयोजना गरेको छ । आज मात्रै समाज सुधार लिशा इग्लिस स्कूल, शान्ति निकेतन मावि र चण्डेश्वरी आधारभूट विद्यालयले आज वार्षिकोत्सव एवं पुरस्कार वितरण समारोह आयोजना गरेको हो ।
आज शान्ति निकेतन माविले आज ५६ औँ वार्षिकोत्सव कार्यमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यक्रमको उद्घाटन गर्नुहुँदै शिक्षामा गरेको लगानी कहिल्यै पनि खेर नजाने बताउँनु भयो । शान्ति निकेतन स्कूल भक्तपुरमा गुणस्तरीय शिक्षा प्रदान गर्ने सामुदायिक विद्यालयमध्ये एक हो भन्दै उहाँले विद्यार्थीले आफू सफल हुन निरन्तर प्रयास गर्नुपर्ने बताउँदै उहाँले असफलताबाट पाठ सिक्दै पनि अगाडि बढ्नुपर्छ भन्नुभयो ।


विद्यार्थीले समय व्यवस्थापनमा विशेष जोड दिँदै पुस्तकालयमा गएर नयाँनयाँ विषय अध्ययनमा पनि जोड दिनुपर्ने बताउँदै उहाँले शिक्षा कसैले पनि चोरी र डकैती गर्न नसक्ने अमूल्य धन भएको बताउनुभयो । यसै बीच बालविकास इग्लिस स्कूलको ३७ औं वार्षिकोत्सव पनि आजै सम्पन्न गरेको छ । भने समाज सुधार माध्यमिक विद्यालयको ५५ औं वार्षिकोत्सव, शिक्षक समान, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम चण्डेश्वरी आधारभुत विद्यालयको ६६ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम पनि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा आज सम्पन्न गरेको छ ।














