व्यथा लिएर जन्मेका कथाका मान्छेहरु’ कविता संग्रह सार्वजनिक
भक्तपुर, फागुण २५ गते
कवि माणिकवाबु ग्वगको ‘व्यथा लिएर जन्मेका कथाका मान्छेहरु’ कविता संग्रह सार्वजनिक भएको छ । साहित्यकार तिलक कायष्ठले आज एक समारोह बीच भक्तपुरमा सो पुस्तकको विमोचन गरेका हुन । साहित्य जीवनको दर्शन, साहित्य यर्थाथपक हुनुपर्छ भन्दै सहभागी साहित्यकारहरुले सो अवसरमा ग्वंगको साहित्यिक सिर्जनाको चर्चा गर्दै उनका साहित्यहरु हाम्रो समाज र देशको अवस्था , व्यवस्थाको दुर्गतिको मुभी रहेको औल्याएका थिए । ग्वंग दम्पतिको बैबाहिक जीवनको ५० औं वर्षगाठको अवसरमा सो पुस्तक विमोचन गरिएको हो । यो उनको दोस्रो पुस्तक रहेको छ । नेपाल भाषाबाट साहित्य लेखन थालेका ग्वंगले यस पुस्तकमा ५० वटा कविताहरु प्रकाशित गरेका छन् ।


सुवर्णकेशरी मुनंकर्मी ग्वंगले प्रकाशनमा ल्याएको सो पुस्तकको मूल्य रु.३०० राखेको छ । साहित्य आफूले देखेको र अनुभूत गरेको सत्यलाई चित्रण गर्ने माध्यम ठानेका ग्वंगले व्यथा लिएर जन्मेका कथाका मान्छेहरु कविताबाट सुरु गर्दै पराजित होइनन् हाम्रा हातहरु, म तिम्रो प्रतीक हुँ, विश्वासले बजार खोजिरहेको मेरो देश, सार्वभौमिकता, हिजोको विकृतिले जन्माएको वर्तमान, हिलोमा लतपतिएका माछाहरु, परेवाका बथानहरुबाट हुर्केका बाजहरु देखि परिवेश आजको सम्मका ५० कविता संग्रहित गरेका छन् । पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार धुव मधिकमीैले श्रष्टाको लागि प्रकाशन भन्दा सिर्जना गर्नु पहिलो प्राथमिकता भएको जनाउँदै लेखक ग्वंग नेपाल भाषा र नेपाली भाषामा कलम चलाउने गरेको बताएका छन् । पछिल्लो समयमा आफ्ना अनुभूति, भावना, भोगाई र संवेदनालाई लेखकले कवितामा नै अभिव्यक्त गर्न रुचाउने गरेको बताए ।
माणिकबाबुले आफ्नो साहित्यिक गुरु आफ्नो दाई तेजेश्वर बाबु ग्वंललाई मानेका छन् भने साहित्यिक अभिभावकका रुपमा तिलक कायष्ठलाई मानेका छन् । सो अवसरमा नेपाल साहितय मन्दिर, भक्तपुर साहित्यिक समाज, सिर्जना अभियान समाज, नेपाल सामाजिक सेवा केन्द्र, जनवरिष्ठ समाज कल्याण केन्द्र सहित आफू आवद्ध संघ संस्थाका प्रतिनिधीहरु त्था शुभचिन्तक तथा आफ्न्तहरुले बैबाहिक जीवनको ५० औं वर्षगाठ तथा पुस्तक प्रकाशनको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।













