अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा भक्तपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण तथा BMI र रक्तचाप मापन कार्यक्रम ।
भक्तपुर,
नारी कल्याण बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरकाे आयाेजना तथा नेपाल हृदयराेग निवारण प्रतिष्ठान भक्तपुर शाखाकाे महिला सशक्तिकरण उपसमितिकाे सहआयाेजनामा भक्तपुरकाे शारदा मा.बि. मा ११६ आैं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चका दिन महिलाहरूमा लाग्ने राताे संकट सूचक ( Go Red For Women) सम्बन्धी अभिमुखिकरण कार्यक्रम तथा BMI परीक्षणका साथै रक्तचाप मापन कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयाे । ५४ जनाकाे BMI परीक्षण र रक्तचाप मापनकाे रिपाेर्ट प्रस्तुत गर्नुहुँदै प्रतिष्ठानकाे महिला सशक्तिकरण उपसमितिका संयाेजक रत्नमाया सुवालले कम ताैल – १ जना, बढी ताैल २५ जना र माेटाेपना १३ जना रहेकाे र बाँकी १५ जना सामान्य रहेकाे, त्यसैगरी उच्च रक्तचाप ३ जना, कम रक्तचाप १६ जनामा देखिएकाे र बाँकी ३५ जना सामान्य रहेकाे बताउनुभयाे ।


नारी कल्याण बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष सावित्री धाैभडेलकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कुशल प्रशिक्षक रामप्यारी बज्राचार्यले Go Red For Women सम्बन्धी सचेतनामूलक सुन्दर प्रस्तुतिकरण गर्नुहुँदै नारीहरूले अधिकार खाेज्नुकाे अलावा मुटुराेग लाग्न नदिन खानपानमा बिशेष ध्यान दिनुपर्ने, जीवनशैलीमा परिवर्तन गर्नुपर्ने र आफ्नाे शरीर र स्वास्थ्यलाई पहिलाे प्राथमिकतामा राख्नुपर्नेमा जाेड दिनुभयाे । त्यसैगरी विशेष अतिथि प्रतिष्ठानका सभापति राजुराम मुनंकर्मीले प्रतिष्ठानले गर्दै आइरहेकाे गतिविधिबारे चर्चा गर्नुुहुँदै अन्य संस्थाजस्तै नारी कल्याण सहकारीसँग पनि सहकार्य गर्दै मुटुराेग सम्बन्धी थुप्रै कार्यक्रम गरेर नारीहरूमा जागरण ल्याउन सकिने बताउनुभयाे । कार्यक्रममा अतिथिहरू शारदा मा.बि.का प्रधानाध्यापक राेशनराज तुई्तुईं र प्रतिष्ठानकाे महिला सशक्तिकरण उपसमितिका संयाेजक रत्नमाया सुवालले शुभकामना व्यक्त गर्दै मुटुराेग नियन्त्रण कार्यमा महिलाहरूकाे सशक्त भूमिका रहने बताउनुभयाे । त्यसैगरी कार्यक्रमका सभाध्यक्ष नारी कल्याण सहकारीका संस्थापक अध्यक्ष साबित्री धाैभडेलले कार्यक्रम सफल पार्न सहयाेग गर्नुहुने सबैलाई कृतज्ञता ज्ञापन गर्नुहुँदै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा हरेक वर्ष विविध गतिविधि सञ्चालन गर्ने क्रममा याे वर्ष मुटुराेग सम्बन्धी सचेचनामूलक कार्यक्रमकाे आयाेजना गरेकाे र संस्थाकाे वित्तिय अवस्था पनि राम्रै रहेकाे बताउनुभयाे । उक्त सहकारीका सचिव दिललक्ष्मी ताम्राकारले कार्यक्रममा सबैलाई स्वागत गर्नुहुँदै प्रतिष्ठानसँगकाे सहकार्यमा याे महत्वपूर्ण कार्यक्रम गर्न पाउँदा खुशि लागेकाे बताउनुभयाे ।
साे दिनकाे BMI र रक्तचाप मापन कार्यक्रम प्रतिष्ठानकाे प्राविधिक परिचालन उपसमितिका पञ्चलक्ष्मी मल्ल, रत्नमाया सुवाल, देवकी कँडेल, निरकमल बस्नेत, सावित्रा गाैतम, साेनिया किसी र महिला सशक्तिकरण उपसमितिका सदस्य सचिव चन्द्रशाेभा सालिके तथा नारी कल्याण सहकारीका मुना प्रधानाङ्ग र रश्मिता मुनंकर्मीकाे सक्रियतामा सम्पन्न भएकाे थियाे ।













