उम्मेदवार खत्री र पाठक विरुद्धको उजुरीमा दाबी नपुगेको फैसला

उम्मेदवार खत्री र पाठक विरुद्धको उजुरीमा दाबी नपुगेको फैसला
भक्तपुर, माघ ८गते
भक्तपुर निर्वाचन क्षेत्र नम्वर २को उम्मेदवारहरुमाथि हिजो परेको दुईवटा उजुरी उपर आज भएको जाँचबुझमा दाबी नपुगेको फैसला गरेको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार सो क्षेत्रमा स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका राजीव खत्रीमाथि बेरुजुको र जनसेवा पार्टीको तर्फबाट उम्मेदवारी दिएकी जानुका पाठकमाथि नागरिकताको प्रतिलिपी विवरणमा कैफियत भएको उजुरी परेको थियो । सो सम्बन्धि निर्वाचन अधिकृतको कार्यालय भक्तपुर क्षेत्र नम्बर २ले आज उजुरी उपर जाँचबुझ गर्दा दाबी नपुगेको फैसाल गरेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बिसिले जनाएको छ । हिजो परेको उजुरीमाथि आज फैसला गर्दै आज साँझ ७ बजेसम्ममा उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने तयारी अनुसार आज साँझ उम्मेदवारहरुको नामावली प्रकासित गरेको छ ।


मुख्य निर्वाचन अधिकृत नवराज दाहालका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं. १मा कुनै उम्मदेवादरमाथि उजुरी नपरे पनि क्षेत्र नं. २मा उजुरी परेको र ति उजुरीमाथि फैसला पनि भइसकेकोले आज साँझसम्ममा उम्मेदवारहरुको नामाबली प्रकाशन गर्ने तयारी रहेको जनाएको थियो । निर्वाचन कार्यतालिका अनुसार आज साँझ भक्तपुर जिल्लाका दुर्बै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको नामाबली प्रकाशन गरेको छ । उम्मेदबारहरु माथि परेको उजुरीको जाँचबुझ गरी आज उम्मेदवारहरुको नामाबली प्रकाशित गरेको हो । भक्तपुर निर्वाचन क्षेत्र नं. १मा २५ जना र २ मा ३२ जनाको उम्मेदवारी परेको छ । सम्बन्धित उम्मेदवारहरुलाई माघ ९ गते भोलि दिउँसो १ बजेसम्मकालागि नाम फिर्ता लिने समय दिएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जनाएको छ । दाहालका अनुसार भोली साँझ ३ बजेसम्ममा उम्मेदवारहरुको अन्तिम नामाबली प्रकाशित गरिने छ भने साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह पनि प्रदान गरिने कार्यक्रम रहेको उहाँले जनाएको छ ।