४५ औं शिक्षक दिवसको अवसरमा सेवा निवृत्त शिक्षकहरु सम्मानित

४५ औं शिक्षक दिवसको अवसरमा सेवा निवृत्त शिक्षकहरु सम्मानित
भक्तपुर, चैत्र २९ गते
गुणस्तरीय शिक्षा हाम्रो प्रतिवधताका साथ सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समितिले ४४ औं शिक्षक दिवसको अवसरमा सेवा निवृत्त शिक्षकहरुलाई सम्मानित गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले निवृक्त शिक्षकहरुलाई सम्मानित गर्नु हुदैं सेवा निबृत्त शिक्षकहरु नयाँ पुस्तालाई शिक्षित पार्न अझै सक्रिय हुनुपर्नेमा जोड दिनु भयो । निवृत्त शिक्षकहरुको अनुभव सुनाउन शिक्षकहरुकालागि पनि आदर निकेटनको आवश्यकतामा जोड दिनु हुँदै अध्यक्ष विजुक्छेले शिक्षकहरु पनि कान्तिकारी भावनाले बैचारिक र वर्गीयरुपले संगठित हुनुपर्नेमा जोड दिनु भयो । शिक्षकहरुलाई शिक्षक संगठनहरुले अगुवाई गनुपर्नेमा जोड दिदै एउटै शिक्षक संगठन बनाएर अन्तर्राष्ट्यि संगठनबाट डलर कमाउने कामको संसदमा समेत विरोध गरेपछि आआफ्नो संगठन विस्तार भएको चर्चा गर्दै अध्यक्ष विजुक्छेले आदर्श समाज निर्माणका लागि शिक्षकहरुले आफ्नो जिम्मेवारी बहन गनुपर्नेमा जोड दिनु भयो । अध्यक्ष विजुक्छेद्वारा समितिका विभिन्न विद्यालयका निबृक्त शिक्षकहरुलाई दोसल्ला र कदर पत्र एवं मायाको चिन्ह वितरण गरी सेवा निबृत्त शिक्षकहरुलाई सम्मानित गरेको थियो ।


समितिका अध्यक्ष श्रीकृष्ण किसीको सभापतित्वमा भएको सो कार्यक्रममा आज भन्दा ४४ वर्ष पहिला भएको शिक्षक आन्दोलन बारे जानकारी दिदै नेक्राशिसंघका अध्यक्ष ज्ञानसागर प्रजापतिले शिक्षकलाई पहिलो दर्जाको सम्मान नदिएसम्म देशले दुःख पाउने बताउदै शिक्षकलाई सम्मान, पैसा र सेवा सुविधा नभइ सम्मान, इज्जत र प्रतिष्ठा भएको बताउनु भयो । बागीश्वरी माविका प्रधानाध्यापक केपी धन्छाले २०३५ साल चैत्र २९ गते भूटनदेवीमा भएको शिक्षक आन्दोलनको उपलब्धी बारे जानकारी दिनु भयो । उहाँले सो आन्दोलनबाट निजामति शिक्षक सरह शिक्षकहरुले सञ्चयकोष, ग्रेटवृद्धि तथा वृद्धिविकासको अधिकार प्राप्त गरेको बताउनु भयो । शिक्षककालागि निवृत्तिभरण र उपदान तथा गुणस्तरीय शिक्षकालागि संगठित हुने अधिकार पनि सोही आन्दोलनबाट प्राप्त गरेको स्मरणमा हरेक वर्ष चैत्र २९ गते शिक्षक दिवस मनाउन थालेको प्रष्ट्याउनु भयो ।
सम्मानित शिक्षकहरुको तर्फबाट बोल्दै निबृत्त शिक्षक कृष्णगोपाल छुकांले शिक्षक पेसामा ४७ वर्ष काम गरेर अवकास प्राप्त गरेको चर्चा गर्दै विद्यार्थीको शैक्षिक स्तर उकास्न शिक्षकको सक्रिय भुमिकाको खाँचो औल्याउँदै शिक्षक इजतको पेसा भएको बताउनु भये । उहाँले शिक्षक पेसा निस्र्वाथ सेवाभावका साथ काम गर्ने पेसा भएको बताउनु भयो । कार्यक्रममा समितिका सचिव लक्ष्मीनारायण दुवालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शिक्षामा भक्तपुर नमूनाको रुपमा देशभर चिनाउन संयुक्त परिक्षा समितिको भूमिका बारे चर्चा गर्नु भयो ।