यो आर्थिक वर्षमै सिद्धिस्मृति अस्पतालमा १०० शैयाको सेवा विस्तार गर्ने तयारी
भक्तपुर, पुस ३० गते
सिद्धिस्मृति प्रतिष्ठानले आज २३ औं वािर्षक साधारण सभा आयोजना गरेको छ । बाहिर फोहर देख्ने तर घर भित्रको फोहर नदेख्ने प्रवृतिलाई चिर्न स्थानीय समुदायसँग सहकार्यको आवश्यकता महसुस गर्दै प्रतिष्ठानले भक्तपुर नगरपालिका वडा नं.७का वडाध्यक्ष उकेश कवांको प्रमुख आतिथ्यतामा पानसमा दिप प्रज्वलन गर्दै सिद्धिस्मृति प्रतिष्ठानले आज २३ औं वािर्षक साधारण सभा आयोजना भएको हो । सो साधारण सभामा प्रतिष्ठानको आर्थिक, भौतिक तथा सेवा सुविधाहरु एवं कार्यक्रमहरु बारे जानकारी तथा समीक्षा गर्दै प्रतिष्ठानद्वारा संचालित सिद्धिस्मृति महिला तथा बाल अस्पताललाई १०० शैयाको बनाएर थप सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेलले यो आर्थिक वर्ष भित्र सिद्धिस्मृति अस्पताललाई अवको छ महिना भित्र ५० शैयाबाट १०० शैयाको विशेषज्ञ अस्पतालको रुपमा विकास गरि थप सेवा विस्तारको तयारी रहेको बताउनु भयो । १०० शैयाको अस्पताल सञ्चालनमा आएपछि विभिन्न मेडिकल कलेजका विद्यार्थीहरुबाट इन्टन गराउन सकिने, सबै प्रकारका सेवाहरु विस्तार गर्न सकिने भएको उल्लेख गर्दै अध्यक्ष धौभडेलले अस्पतालको आम्दानी भन्दा खर्च बढ्दा चिन्ता लागेको बताउनु भयो । आश्रमबाट ७०।८० लाख आम्दानी भएपनि खर्च भने करोड भन्दा बढी नाघेता पनि सेवामा कतौति गर्न नसकिने चौनौति सामना गर्दै आएको बताउनु भयो । उहाँले भन्नु भयो, सेवा दिदै अगाडी बढि रहयौं, गाडीमा प्रेट्रोल सकेको याद भएन भने हामी अगाडी बढ्न सक्दैनौं । यद्यपी अस्पतालको सेवा सुविधामा कमि नल्याउने विरामीहरुलाई पनि साँचिकै राम्रो अस्पतालको रुपमा लिन सक्ने वातावरण बनाउन कर्मचारीहरु र टोलबासीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । २०७४ सालमा स्थापना भएको बाल गृहमा हाल २१ जना बालबालिका रहेका उल्लेख गर्दै त्यहा बसेर पढेका बालबालिकाहरु हाल आईटी इन्जिनियरसम्म बनि सक्दा सन्तुष्टि लागेको बताउनु भयो । प्रतिष्ठानले सञ्चालन गर्दै आएको सिद्धि शालिग्राम जेष्ठ आश्रममा हाल ३८ जना जेष्ठ नागरिकहरुलाई सेवा दिदै आएको बताउनु भयो । अस्पतालको जनशक्ति परिचलान र व्यवस्थापनको चुनौतीलाई मनन गर्दै आएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि भनपा ७का वडाध्यक्ष उकेश कवांले नेपाल सरकारले जनतालाई सेवा दिन सुरु गरेको विमा समेत बन्द गराउँछ भने नागरिकको संबैधानिक अधिकार कहाँ गयो? भन्ने प्रश्न गर्दै उहाँले विरामीले तिरेको पैसा समेत निजि खातामा जम्मा गरेर विमा सेवा नै अवरुद्ध गर्ने चहलपहल भइरहेको अहिलेको चुनौतीको विषय भएको चर्चा गर्नु भयो । भक्तपुर जिल्लालाई साँस्कृति, ऐतिहासिक र सम्पदाको केन्दका साथसाथै शैक्षिक गन्तव्य बनाउने प्रयास भइरहेको बताउनु भयो । भक्तपुर नगरपालिकाले १५ लाखमा डाक्टर पढाउँछौ भन्दा स्विकृति नपाएको चर्चा गर्दै उहाँले कुरा सुनाउन संसद भवन, सिंह दरवार, संसद भवन नै जलाउनुपर्ने रहेछ टिप्पणी गर्नु भयो ।
जिल्लामा रहेका भक्तपुर अस्पताल, अंग प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पताल, सिद्धि स्मृति अस्पताल र ख्वप अस्पतालले विशेषज्ञ अस्पतालको रुपमा विकास भइरहेको उल्लेख गर्दै उहाँले अव देशभरका जनतालाई यहाँका अस्पतालहरुले स्वास्थ्य सेवा दिन उचाई लिएको बताउँदै जति जति उचाई लियो त्यति नै बढी चुनौतीहरु सामना गर्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले भन्नु भयो जो निडर हुन्छ उ चुनौती देखि डराउँदैन, सामना गरेर अगाडी बड्छ । सिद्धिस्मृति अस्पताल पनि आफ्नो गौरवताका साथ चुनौतीहरुसँग सामना गरेर अगाडी बढ्छ, यसकालागि सकारात्मक सोच, सकारात्मक सहयोग आवश्यक छ उहाँले बताउनु भयो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अन्जना खड्काले अस्पतालले उपचारात्मक सेवा मात्र नभएर प्रिभेटिभ, प्रोमोटिभ, रिह्याटिटिभ भन्ने स्वास्थ्य अवधारणा अनुसार काम गर्दै आएको उल्लेख गर्दै समुदायस्तरमा विभिन्न जनचेतनामूलक शिविर आयोजना गर्दै आधारभूत स्वास्थ्य सेवा दिएर रोक ठाममा योगदान दिदै आएको बताउनु भयो । केन्द, प्रदेश र स्थानीय सरकारले मात्रै स्वास्थ्य सेवा दिन नसकिरहेको बेला राष्ट्रिय स्वास्थ्यनीति अनुसार पव्लिक प्राइभेट पार्टनशिप अन्तगर सिद्धिस्मृति प्रतिष्ठानले दिदै आएको स्वास्थ्य सेवा प्रशंसायोग्य र उत्कृष्ठ रहेको बताउनु भयो । जिल्ला जनस्वास्थ्य कार्यालयको कार्यक्रमहरु अधिकांस सिद्धिस्मृति प्रतिष्ठानसँगै सहकार्यमा आयोजना गर्दै आएको उल्लेख गर्दै उहाँले बागमती प्रदेश सरकारको स्वास्थ्य सेवामा समेत सिद्धिस्मृति महिला तथा बालअस्पतालले महत्वपूर्ण योगदान दिदै आएकोमा आभार प्रकट गर्नु भयो ।
प्रतिस्थानका कोषाध्यक्ष योगेन्द्र भूपाल मल्लले आर्थिक प्रतिवेदन, सचिव हरिराम लवजुले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको सो साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै ख्वप अस्पतालका डाक्टर रत्नसुन्दर लासिवाले शोकलाई शक्तिमा बडलेर समाज सेवा गर्ने उदेश्य अनुसार सिद्धिस्मृति प्रतिस्ठानले महिला तथा बालबालिकाको स्वास्थ्यमा मात्र नभई अन्य क्षेत्रमा समेत सामाजिक कार्य भइरहेको कुरा प्रशंसनिय भएको बताउनु भयो । भने सुर्यविनायक नगर अस्पतालका डाइरेक्टर डाक्टर राकेश बर्मा र टिचिङ्ग अस्पतालका डा.सुद्धा गौतमले पनि सो अवसरमा शुभकामना मन्तव्य ब्यक्त गर्नु भयो ।
Featured Posts – Style 1
विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविर
2026-09-17 Comments Off on विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविर
विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविरप्रेमचन्द्र झाभदौ ०१ गतेरौतहट — विश्वकर्मा पूजाको अवसरमा गरुडा नगरपालिका–५ शिवनगरस्थित भगवान् विश्वकर्माको मन्दिर...
रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्
2026-09-17 Comments Off on रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्
रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्प्रेमचन्द्र झाअशोज ०१ गते रौतहट — रौतहटमा पत्रकार उपर...
भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ
2026-09-17 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ भक्तपुर, १ असोज। जिल्ला प्रहरी कार्यालय भक्तपुरले जिल्ला अदालत भक्तपुरको फैसला...
ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
2026-09-17 Comments Off on ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्नभक्तपुर । २०८३ असोज १भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र...
रञ्जनानिरौलालेजितिन्इटालीकोप्रतिष्ठित ‘ग्र्यान्डजुरीप्राइस’
2026-09-17 Comments Off on रञ्जनानिरौलालेजितिन्इटालीकोप्रतिष्ठित ‘ग्र्यान्डजुरीप्राइस’
रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’ काठमाडौँ, नेपाल —नेपाली कवि तथा लेखक रञ्जना निरौलालाई उनको कविता "सिटी लाइट्स"...













