भक्तपुर, बैशाख २गते, २०७७
भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका कोरना भाइरस प्रभावितहरुको निःशुल्क उपचार गर्न नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल तयार रहेको जनाएको छ । काठमाण्डौ उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले भक्तपुरमा कोरना भाइरस संक्रमतिहरुको उपचारका लागि बायोसेफ्टी २ लेभलको मलिकुलर प्रयोगशाला स्थापना गरी सेवा दिइ रहेको जनाएको हो । संभावित मध्यपुर थिमी नगरवासीहरुको स्वाब संकलन गरी परिक्षण समेत गरी सकेको तथा कोराना प्रभावितहरुको लागि राहात दिन रु ३ करोड राहात कोष स्थापना गरी वडा वडामा वितरण गरेको रु.५ । ५ लाखको राहात कोषबाट चैत्र २४ गतेसम्ममा ६हजार ५ सय जनालाई राहात समेत वितरण गरिसकेको जनाएको छ । अरु २ करोडको कोराना भाइरस रोकथाम तथा उपचारका लागि आवश्यक उपकरणहरु खरिद गरी तयारी अवस्थामा राखिएको समेत मेयर श्रेष्ठले जनाएको छ । मेयर श्रेष्ठका अनुसार कोरना भाइरस व्यवस्थापनका लागि मध्यपुर थिमी नगरपालिकाले ५ करोड खर्च गरेको छ । नगरपालिकाका सबै जनप्रतिनिधीहरुलाई पीपीई सेट, एन ९५ माक्सको ब्यवस्था गरी कोरना भाइरसको रोकथाम र जोखिम व्यवस्थापनका लागि समुदायमा परिचालन गरेको छ । लेवल २, ३का एकसय भन्दा बढी पीपीई सेट स्तोरमा राखेर कोरना भाइरसको रोकथाम र उपचारका लागि तयारी अवस्थामा रहेको उहाँले जनाएका हुन भने पाकिस्थानका एक जना कोरना पोजिटिभ लक्षण देखिएका व्यक्तिको समेत आसोलेशनमा राखेर सफलतापूर्वक उपचार गरी सकेको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।

कोरना भाइरस प्रभावितहरु कम्तिमा पनि ४२ दिनसम्म क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने कुरालाई ध्यान दिन आग्रह गर्दै उहाँले फोरमले २४ सैं घण्टा डाक्टरी परामर्शको व्यवस्था गरेको जानकारी दिनु भया । फोरमले सार्वजनिक गरेको मोबाईल एपमार्फत विवरण दार्ता गर्नेहरुका लागि निःशुल्क उपचार र परामर्श सेवा दिइरहेको जनाएको हो । मध्यपुर थिमीमा विदेशबाट आएका ६५ जना पहिचान गरिएकोमा ५३ जनाको मात्र परीक्षण गरेको र उहाँहरुको परीक्षणले कोरना संक्रमण नभएको (नेगेटिभ) पुष्टि भएको जनाएको छ । अरु १२ जना आआफ्नो गृह जिल्ला गएको र केहीको परीक्षण गर्न आवश्यक नभएको स्वस्थ्य रहेको पनि जनाए । अस्पतालमा रहेको दुई वटा एक्सरे मध्ये एउटालाई कोरनाको उपचारको लागि तयारी अवस्थामा राखेको उहाँले जनाउनु भयो । कोरनाको उपचारको लागि सम्पूर्ण तयारी पूरा गरेको भन्दै मेयर श्रेष्ठले अस्पतालको सुरक्षाको लागि भैरव गुल्म गणको सुरक्षा क्याप समेत अस्पताल परिसरमा स्थापना गरिसकेको जनाएको छ । ८ महिना अघि क्याथ ल्याब स्थापना गर्न तयारी गरेको ठाउँमा कोरना ल्याब स्थापना गरेको उहाँले बताएका हुन । लकडाउनको समयमा समेत भक्तपुरका अन्य अस्पतालहरुले विरामीहरु सो अस्पतालमा रिफर गर्दै आएको छ भन्दै उहाँले कोरना सँगै अरु विरामीको उपचारको लागि पनि २४ सैं घण्टा स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहेको जनाएको छ । चीनमा कोरना भाइरसको संक्रमण फैलि रहेको बेलाबाटै मध्यपुर थिमी नगरपालिकाले ५० हजार पर्चा छापेर विद्यालय र समुदायस्तरमा कोरना भाइरसको जोखिम व्यवस्थापन गर्दै आएको मेयर श्रेष्ठले जनाएका थिए ।


अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. ज्ञानकृष्ण कायष्थले मध्यपुर नगरमा विदेशबाट आएका ५३ जनाको स्वाब परीक्षण नेगेटिभ आएको भन्दै नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आज पत्रकार सम्मेलन गरी कोरना भाइरस रोकथाम र उपचारका लागि गरेको तयारीको बारेमा जानकारी दिएको हो । सो अस्पतालले बायोसेफ्टी २ लेभलको मलिकुलर प्रयोगशाला स्थापना गरी कोरना भाइरसको परीक्षण गर्दै आएको बताएको छ । सो अस्पतालले १६ वटा आईसोलेशन वार्ड २० वटा क्वारेन्टाइन वार्ड र ४ वटा भ्यान्टिलेटर तयारी अवस्थामा राखि नगरवासीहरुको समुदायमा आधारित भएर कोभिड १९को परीक्षण र निगरानी गर्ने कार्य शुरुवात गरेको जनाएको हो । विश्व स्वास्थ्य संगठनले प्रस्तावित आरटि पीसिआर बिधिद्वारा परीक्षणको ब्यवस्था गरेको डाक्टर कायष्थले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्यकर्मीको सुरक्षालाई उच्च सर्तकता अपनाउँदै थ्रेट र स्वाब संकलन र परीक्षणमा गर्ने निश्चित स्थानको समेत ब्यवस्था गरेको छ । सोकालागि नमूना संकलन र पीपीइ प्रयोग सम्बन्धी मापदण्ड प्रोटोकल तयार गरी कार्य गरेको जनाएको छ । सो अस्पतालबाट परीक्षण गरिएका ५३ जना विभिन्न १५ देशबाट आएका ब्यक्तिहरु रहेको पनि जनाएको छ भने तीनीहरु रहेको ठाउँहरुको जीओ इन्फोमेशन सिस्टमको आधारमा तिनीहरुको स्वास्थ्य अवस्थाका साथै यात्रा विवरण समेत संकलन गरी नक्सांकन गरी सम्भावित जोखिमको पहिचान गरेको जनाएको छ । हाल विश्वब्यापी महामारीको रुपमा कोरोना भाइरससँग जुध्नका लागि मध्यपुर थिमी नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले इन्टरपेड नेपाल र सिएमडिएनसँगको सहकार्य गरी कोभिड १९ परिक्षणका साथै स्वास्थ्य सेवा प्रदान गर्नका लागि समुदायमा आधारित भएर परीक्षण र निगरानी गरी कोरना भाइरसको महामारी रोकथामका लागि आवश्यक तयारी पूरा गरी अग्रसर भएको जनाएको हो । कार्यकारी निर्देशक प्रा.डा. ज्ञानकृष्ण कायष्थले भक्तपुर अस्पताललाई सरकारले हब अस्पतालको रुपमा द्रुत (च्म्त्) प्रविधिबाट कोरना भाइरसको परीक्षण सुरु गरेको भएपनि सो भन्दा प्रभावकारी उपकरणयुक्त मलिकुलर प्रयोगशाला आफूहरुले स्थापना गरेको जनाएको छ । स्वाब परीक्षण गर्दा भाइरसको चाप वा मात्रा समेत देखिने गरी परीक्षण गर्न सकिने सो उपकरणले कोरना भाइरस मात्र नभई सार्स लगायत अन्य भाइरसहरुको पनि परीक्षण गर्न सकिने जनाएको छ । दिनको ९० वटा नमूना परीक्षण गर्न सकिने र एउटा परीक्षण गर्न पूरा गर्न ५ घण्टासम्म लाग्ने गरेको पनि बताएका छन् ।



सो अवसरमा डाक्टर दिवेश कर्माचार्यले आफूले विगत १०वर्ष देखि भाइरसको अनुसन्धान गर्दै आएको स्मरण गर्दै कोरियन अस्पतालमा कोरना भाइरस उपचारको अत्याधुनिक बैज्ञानिक उपकरणहरु सेट भइसकेको बताउनु भयो । संभावित संक्रमितहरुको स्वाब संकलन, परीक्षण,उपचारका लागि सम्पूर्ण तयारी अवस्थामा रहेको उहाँले जनाएको हो । डाक्टर, चिकित्सक एवं स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा र परिचालन एवं समुदायमा सचेतना दिने गतिविधिमा समेत तयारी पूरा गरेको डाक्टर कर्माचार्यको भनाई छ ।













