भनपा १०मा ४दिने कृषि खेती तालिम आयोजना
भक्तपुर, २२ असार । भक्तपुर नगरपालिका वडा नं१०को अयोजनामा ४ दिने प्राङ्ग्रारिक कृषि खेती तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतमा वडा कार्यालयको सभाहल शुक्रवार एक समारोहबीच सम्पन्नभयो ।
प्रमुख अतिथि सुनिल प्रजापतिले कृषि प्रधान देश कृषिमा परनिर्भर भई भारतबाट अरबौ. खरबौंको दाल चामल तरकारी लगायत खरिद गर्नुपर्ने अवस्था आएकोले प्रागांरिक कृषि खेती प्रवद्र्धन गर्न तालिमले महत्वपूर्ण योगदान हुने आशा तालिम दिएको बताउँदै कृषिमा आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । उहाँले होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसहरुमा खेर गएको खानाले आधा गरिबको भोक मेट्ने बताउँदै कम मात्र खाई बढी योगदान गर्नुपर्ने बताउनुभयो । उहाँले देश परनिर्भरताबाट जोगाउन कृषि पेशालाई परिस्कृत गर्दै माटोको उर्वराशक्ति बढाउन रासायनिक मल भन्दा प्रागांरिक मल र विषादि मुक्त प्रागंरिक खेतीमा जोड दिनुभयो ।
कार्यक्रममा भनपा कृषि समितिका संयोजक राजकृष्ण गोराले तालिममा सिकेका कुराहरु व्यवहारमा प्रयोग गर्न र कृषि फर्म दर्ता गरी कृषि अनुदानहरु उपयोग गर्न र विद्यार्थीहरु रोजगारीको लागि विदेशिने कार्य रोक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा १० नं वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको सभापत्विमा सम्पन्न कार्यक्रमा तालिमका प्रशिक्षक प्रकाश गुरुङ्ग, लक्ष्मी प्रसाद चवाल, प्रशिक्षार्थी बुद्धिबहादुर माक, वडासदस्य कृष्णनारायण दुमरु र वडासचिव गोबिन्द राम थुसाले पनि बोल्नु भएको थियो ।
प्रशिक्षार्थीहरुलाई नगरपालिकाबाट उत्पादित कम्पोष्ट मल एक एक बोरा वितरण गरेको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...












