भक्तपुर नेत्रहिन सङ्घकाे १६ औं वार्षिक साधारण सम्पन्न

भक्तपुर नेत्रहिन सङ्घकाे १६ औं वार्षिक साधारण सम्पन्न

  • राजुराम मुनंकर्मी
    भक्तपुर,
    भक्तपुर नेत्रहिन सङ्घकाे १६ औं वार्षिक साधारण सभा स्थानीय एभरेष्ट इङ्गलिश स्कूल, मिवाछें, भक्तपुरकाे सभाहलमा ” दृष्टिविहिनहरूकाे सशक्तिकरण – सबैकाे सामुहिक अभियान “काे नारा उद्घाेष गर्दै भव्यतापूर्वक सम्पन्न भयाे । सङ्घका अध्यक्ष लक्ष्मी नेपालले सबैलाई स्वागत गर्नुहुँदै सभाकाे अध्यक्षता ग्रहण गर्नुभएकाे थियाे । समाराेहमा प्रमुख अतिथि भक्तपुर विकास सहयाेग सङ्घका अध्यक्ष राजुमृगेन्द्र जाेशीले ” सामाजिक अभियानमा दृष्टिविहिनहरूकाे अपरिहार्य स्थान हुनुपर्नेमा जाेड दिनु हुँदै उनिहरूकाे क्षमताकाे उचित कदर गरिनुपर्ने बताउनुभयाे । त्यसैगरी अन्य अतिथिहरू भक्तपुर विकास सहयाेग सङ्घका महासचिव प्रा.डा. माला मल्ल, सचिव राम सैंजु, एभरेष्ट इङ्गलिश स्कूलका प्रिन्सिपल भक्त राजभण्डारी, मानव अधिकार अभियन्ता अक्रुर नेपाली, सङ्घका उपाध्यक्ष शङ्कर प्रसाद न्याैपाने, सदस्य जय नारायण नेपाल, शारीरिक अपाङ्गता कृष्ण प्रसाद भण्डारी, नेपाल नेत्रहिन सङ्घका पूर्व अध्यक्ष सुरेश चन्द्र न्याैपानेलगायतले दृष्टिविहिनहरूकाे क्षमता पहिचान र अवसरबारे चर्चा गर्नुभएकाे थियाे । सङ्घका पूर्व अध्यक्ष सुरेश राजभण्डारीले कार्यक्रमलाई सहजिकरण गर्नुभएकाे थियाे भने कन्चन ताम्राकार, श्री रामकृष्ण -रत्नेश्वरी मु्ठ्ठीदान शैक्षिक सामग्री सहयाेगी दाता, ऐश्वर्य लाल प्रधानाङ्ग मुठ्ठीदान शैक्षिक सामग्री सहयाेगी दाता, भवानी जाेशी सेवा प्रतिष्ठान, ललिता ” दाेषी” , स्नेहलता सिंहलाई कदरपत्र प्रदान गरिएकाे थियाे । साेही समाराेहमा आशिष बरामलाई रामकृष्ण-रत्नेश्वरी मुठ्ठिदानका तर्फबाट रू १०,०००/- आर्थिक सहयाेग गरिने उद्घघाेष गरिएकाे थियाे भने अस्मिता भट्टराई र प्रल्हाद थापाले पेश गर्नुभएकाे वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गरिएकाे थियाे । उक्त समाराेहमा सभाध्यक्ष लक्ष्मी नेपालले प्रमुख अतिथिलाई मायाकाे चिनाे स्वरूप मदन पुरस्कार विजेता झमक घिमिरेद्वारा लिखित पुस्तक “जीवन काँडा कि फूल ” प्रदान गरिएकाे थियाे भने प्रमुख अतिथि जाेशीले भक्तपुर विकास सहयाेग सङ्घकाे मुखपत्र खाेपृङ २७ अङ्क हस्तान्तरण गर्नुभएकाे थियाे ।