पत्रकार कृष्ण किसी सम्मानित

पत्रकार कृष्ण किसी सम्मानित

धुलिखेल । पत्रकार कृष्ण किसी सम्मानित भएका छन् । शव्दयात्रा प्रकाशन धुलिखेल नेपालले उनलाई शव्दयात्रा प्रकाशन हरि गोपाल प्रधान कदरपत्र २०८२ बाट सम्मान गरिएको हो ।

संस्थाका संस्थापक हरि मञ्जुश्री, चयन समिति सदस्य निर्मला श्रेष्ठ, कदर व्यवस्थापक हरिगोपाल प्रधानलगायतले उनलाई संयुक्त रुपमा कदरपत्र प्रदान गरी सम्मान गरेको हो । साथै अन्य दुई जना पत्रकारहरु तुल्सी गिरी र शुभराज अधिकारीलाई पनि सम्मान गरिएको थियो । साथमा डा इन्दुल केसीद्धारा लिखित भूस्वर्गको सुवास र केदारनाथ तिमल्सिनाको भागवत एक परिचय पुस्तक पनि विमोचन गरिएको थियो ।

‘म्युजिक डायरी’ र ‘इ–म्युजिक डायरी डटकम’ नामक मुद्रण र अनलाइन पत्रकारिताका माध्यमबाट पत्रकारिता क्षेत्रमा आफ्नो अमिट छाप राख्न सफल हुनुभएकोमा तुलसी गिरी (झापा) लाई, ‘एबीसीडी खबर डटकम’ नामक अनलाइन पत्रिकाका माध्यमबाट पत्रकारिता क्षेत्रमा आफ्नो अमिट छाप राख्न सफल हुनुभएकोमा कृष्ण किसी (भक्तपुर) लाई र मुद्रण तथा विद्युतीय पत्रकारिताका क्षेत्रमा योगदान दिई त्यसको व्यवस्थापन कौशलबाट आफ्नो अमिट छाप राख्न सफल हुनुभएकोमा शुभराज अधिकारी (काभ्रेपलाञ्चोक) लाई कदरपत्र समर्पण गरिएको हो ।

शब्दयात्रा प्रकाशनको सभाकक्ष धुलिखेल काभ्रेमा आयोजित कार्यक्रममा कदर व्यवस्थापक अग्रज पत्रकार तथा विश्वकीर्तिमानी गीतकार हरिगोपाल प्रधानले कदरपत्र समर्पण गर्नुभएको हो । यो कदरपत्र क्रियाशील पत्रकारहरूलाई हरेक वर्ष समर्पण गर्ने गरिन्छ ।