सुरक्षित बचत, सुरक्षित जीवनका लागि कमलविनायक साकोस

भक्तपुर पुस १९ गते
सुरक्षित बचत, सुरक्षित जीवनको लागि उद्घोष गर्ने कमलविनायक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरले नयाँ कार्य समिति चयन गरेको छ । शनिवार सम्पन्न १२ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनबाट संस्थाका अध्यक्ष कृष्णप्रसाद लाखाकै अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । भक्तपुर नगरपालिका वडा नम्वर ९का वडाध्यक्ष तथा वातावरण समितिका संयोजक रविन्द्र ज्याख्वले उद्घाटन गरेको सो संस्थामा ९ सय ३२ सदस्य रहेका छन् । ५० लाख ८८ हजार ९०० शेयर पूजी रहेको कमलविनायक साकोसले भक्तपुर नगरपालिकाका १ देखि १० वडासम्म कार्यक्षेत्र रहेको छ । आर्थिक वर्ष २०७५।७६मा ४ करोड ८४ लाख ८४ हजार ७ सय ४४ रुपियाँ ३९ पैसा बचत निक्षेप संकलन गर्न सफल सो सहकारीले ५ करोड १९ लाख,८१ हजार८४ रुपियाँ ऋण प्रवाह गरी २लाख ७७ हजार ९ सय ३९ रुपियाँ ८० पैसा नाफा कमाउन सफल भएको संस्थाका अध्यक्ष लाखाले बताएको छ । सो संस्थाको हाल ६ करोड ७६ लाख २८ हजार ८ सय ३९ रुपियाँ ९० पैसाको सम्पति रहेको पनि जनाएको छ । कूसल कार्य सम्पादन गर्न सकेकाले सर्वसहमतिले संस्थाको अध्यक्षमा पुनः आफूलाई कमलविनायक साकोसको अध्यक्षमा निर्वाचित गरेको भन्दै अध्यक्ष लाखाले संस्थालाई प्रचलित नीति अनुसार प्रविधि मैत्री बनाएर जनताको सेवामूलक रुपले थप विकास गर्न नवनिर्वाचित टिमका साथ काम गर्ने बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 20200104153923_IMG_5834-1-1024x683.jpg This image has an empty alt attribute; its file name is 81722935_197832834595548_3330729520092151808_n.jpg 
संस्थाका व्यवस्थापक बालमुकुन्द बासुकलाले कमलविनायक साकोसलाई आफ्नै भवनमा राख्न यसपालिको वार्षिक साधारण सभाले जग्गा खरिद गर्ने निर्णय समेत गरिसकेको भन्दै संस्थाको कार्य क्षेत्रलाई पनि विस्तार गर्ने योजना रहेको बताए । व्यवस्थापक वासुकलाका अनुसार संस्थाको आफ्नै भवन रहे पछि सेवा सुविधा दिन थप सहज र जनविश्वास समेत वृद्धि हुने बताउनु भयो । ९ सय ३२ सदस्यहरुको सेवाका लागि एक ठाउँबाट मात्र असज भएपछि कमलविनायकमै अर्को सेवा केन्द्र खोलि सकेको भन्दै यस वर्षमा १२ सय सदस्य पुर्याउने र भक्तपुर नगरपालिका सहित चाँगु नारायण नगरपालिकालाई पनि कार्य क्षेत्रमा राख्नका लागि पहल गर्ने बताउनु भयो । स्थानीय समुदायको जनविश्वासका साथ व्यापारिक केन्दको रुपमा रहेको कमलविनायक क्षेत्रमा कमलविनायक सहकारी संस्था उत्पादनमुलक क्षेत्रमा समेत लगानी गर्ने, क्षमतावृद्धिका गतिविधी र तालिमहरु समेत दिने योजना रहेको भन्दै अध्यक्ष लाखाले सहकारीहरु बीच अन्तरलगानीका लागि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघसँग सम्झौता समेत भइ सकेको जानकारी दिनु भयो ।