भक्तपुर प्रहरीद्वारा दसी प्रमाण सहित १० जना चोरहरु पक्राउ

भक्तपुर प्रहरीद्वारा दसी प्रमाण सहित १० जना चोरहरु पक्राउ
भक्तपुर, मंसिर २६ गते
भक्तपुर प्रहरीले चोरी कार्यमा संलग्न १० जना चोरहरुलाई दसी प्रमाण सहित नियन्त्रणमा लिएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. १ मनोहरा फाँट स्थित गंगा बस्नेतको डेराकोठामा चोरी गर्नेहरुलाई प्रमाण सहित पक्राउ गरी चोरी मुद्धामा थप अनुसन्धान कार्य थालेको छ । पक्राउ परेका विशाल विश्वकर्माको न्यू क्रिस्टिना ज्वेलर्स जडिबुटीबाट तौल ०।८०४ तोलाको गालिएको सुनको ढिक्का थान १, दिपक गहतराजको रोयल खोटाङ ज्वेलर्स जडिबुटीबाट ०।८०३३ तोलाको गालिएको सुनको ढिक्का थान १ र सरस्वती पुरीको डेराकोठाबाट तौल २९ लालको सुनको तिलहरी थान १ बरामद गरेको थियो । यसै वीच सरोज राईको कोठाबाट कालो प्लाष्टिक जस्तोमा सुनको पाँचओटा धातु जडित बाला तौल गर्दा ०।७४१ तोला भएको थान १, चाँदीको पाउजु जम्मा तौल ६।१७७ तोला भएको १ जोर, जम्मा तौल २।०३२ तोला भएको चाँदीको सादा कल्ली १ जोर, जम्मा तौल १।९५३ तोला भएको चाँदीको बटारेको कल्ली १ जोर बरामद


गरेको भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेजुले जनाएको छ । सो अवसरमा पक्राउ परको मानिसहरु १। रामेछाप जिल्ला साविक फुलासी गा।बि।स।वडा नं।३ परीवर्तित मन्थली नगरपालिका वडा नं।१३ फुलाँसीपोखरी वतन भएका बर्ष २० को आशिष के।सी। ।
२, काभ्रेपलाञ्चोक जिल्ला धुलीखेल न।पा।वडा नं।८ खड्कागाँऊ वतन भएका बर्ष २२ को सरोज भुजेल ।
३, उदयपुर जिल्ला साविक तपेश्‍वरी गा।बि।स।वडा नं।९ बाट बसाईसराई गरी हाल सुनसरी जिल्ला इटहरी उप(महानगरपालिका वडा नं। १४ गोइसार आर्मिप्लटिङ वतन भएका वर्ष ३० को दिपक गहतराज ।
४, मोरङ जिल्ला साविक शनिश्‍चरे गा।बि।स।वडा नं।४ परीवर्तित पथरी शनिश्‍चरे नगरपालिका वडा नं।८ मितेरीचोक वतन भएको बर्ष ३५ को विशाल विश्‍वकर्मा ।
५, सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं।१२ सरथोक वतन भएकी बर्ष ३८ कि सरस्वती पुरी ।
६, भोजपुर जिल्ला साल्पा सिलिचोक गाउँपालिका वडा नं।३ चौकीडाँडा वतन भएका बर्ष ३१ को सरोज राई ।
७, भक्तपुर जिल्ला साविक कटुञ्जे गा।बि।स।वडा नं।६ परीवर्तित सूर्यविनायक नगरपालिका वडा नं। ५ कटुन्जे हो तर हाल उक्त स्थानको घर बिक्री गरी भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं।२ दुवाकोटमा स्थायी बसोबास गर्ने बर्ष ३१ को सुजन दाहाल ।
८, India West Bengal, 711312, Howrah Bachhri, आधार कार्ड नम्बर 5455 7503 4455 भएका बर्ष ३७ को सुबरत मेटिया (Subrata Metia) ।
९, सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.७ पानीट्याङ्की वतन भएका बर्ष २५ को सुमन दर्नाल ।
१०, ओखलढुङ्गा जिल्ला लिखु गाउपालिका वडा नं।३ सत्लुङ वतन भएका बर्ष २३ को सुवाश विश्‍वकर्मा पक्राउ परेको सूचना अधिकारी प्रकाश जबेजुले जनाएको छ ।