चनपामा तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन आयोजना
भक्तपुर, मंसिर २६ गते
चाँगुनाराण नगरपालिकामा आज तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन आयोजना भएको छ । काठमाण्डौ उपत्यका मेयर फोरोमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विरुवामा जल सेचन गरी सुरु भएको सो सम्मेलनले वातावरण, वायु प्रर्दुषण र यसको प्रभाव, वातावरण रक्षक र उनीहरुको भूमिकाका बारे समूहगत छलफल गर्दै आज सम्मेलन सम्पन्न गरेको छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको सभापतित्वमा भएको सो सम्मेलनका प्रमुख अतिथि महर्जनले चाँगु नगर प्राकृतिक रुपले बनेको र ललितपुर महानगरमा कृत्रिमता बढेको प्रति चिन्ता व्यक्त गर्दै शहरी वातावरण संरक्षण प्रवर्धनकालागि सो सम्मेलनको निष्कर्षलाई सर्वप्रथम ललितपुर महानगरपालिकामा लागू गरेर देखाउने वचतवद्धता व्यक्त गर्नु भयो । ललितपुरमा एक घर दुई विरुवा अवधारणा विकास गरेको र सार्वजनिक क्षेत्रलाई पार्क बनाउने, विक्षारोपण गरी सौंद्यकरणमा जोड दिदै आएको बताउनु भयो । सरकारको नीतिगत व्यवस्था जे जस्तो भएपनि महानगरभित्रका सार्वजनिक, गुठी, पर्ति जग्गाहरु कसैलाई लिजमा नदिए महानगरपालिका आफैले व्यवस्थापन गर्दै आएको उल्लेख गर्दै उहाँले अवको चौथौ वातावरणीय मानव अधिकार रक्षक सम्मेलन ललितपुर महागरपालिकाले गर्ने घोषणा गर्नु भयो । कार्यक्रममा वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले देशमा स्वच्छ वातावरण कायम राख्न राष्ट्रिय कार्य नीतिको आवश्यकतामा जोड दिदै प्रर्दुषण फैलाउने सवारी साधनलाई सुधारेर इन्धनको वचत गर्न‘ुका साथै वातावरण पनि स्वच्छ राख्न सक्ने कुरामा जोड दिदै उहाँले विद्युतीय गाडीको प्रयोगलाई बढावा दिन सर्व प्रथम देशमा विद्युत उत्पादन बढाउनुपर्नेमा जोड दिनु भयो ।
मानव अधिकारकर्मी चरण प्रसाईले मानव जीवनकालागि वातावरणीय संरक्षण महत्वपूर्ण रहेको भन्दै यसमा केन्द्र, प्रदेश सरकारको भन्दा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै ललितपुर महानगरपालिकाले गर्दै आएकोे वातावरण संरक्षण अभियान प्रशंसनीय रहेको बताउनु भयो । सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलनको महत्वबारे प्रकास पार्नु भयो । नाफानका सल्लाहकार भोला भट्टराई, श्रमिक अधिकारकर्मी धु्रव चन्द्र गौतम, राष्ट्रिय जनवकालत मञ्च नेपाल– नाफान भोला भट्टराइ, स्वच्छ हावा संजालका रबिता कार्कीले पनि सो अवसरमा बोल्नु भयो ।
चाँगुनारायण नगरपालिकाको परिचय सहितको भिडियो प्रस्तुतिकरण भएको सो सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए । चानपा वातावरण शाखाका प्रमुख सुरेन्द्र लामिछानेले सहजिकरण गरेको सो सम्मेलनको औपचारिक कार्यक्रम पश्चात वातावरण, वायु प्रर्दुषण र यसको प्रभाव बारे सहजकर्ता भूषण तुलाधारको प्रस्तुतीसँगै राष्ट्रिय मानव अधिकार आयोग सहसचिब, नवराज सपकोटा, चाँगुनारायण नगरपालिका वातावरण विभागका प्रतिनिधि, खानेपानी तथा सरसफाइका संयोजक सुरेन्द्र लामिछाने, नेपाल वातावरण पत्रकार समुहका पत्रकार रोशनी अधिकारी, वातावरण अधिवत्ता रोशनी गिरी, नेपाल ईट्टा उद्योग महासंघका प्रतिनिधि, चाँगुनारायण नगर स्वच्छ हावा संजालका रबिता काकी सहितको सामूहिक छलफल भएको थियो भने दोस्रो प्रस्तुतीमा वातावरण रक्षक र उनीहरुको भूमिका विषयमा
किरण बरामको सहजिकरणमा श्रमिक अधिकारकमी धु्रव चन्द्र गौतम, स्वच्छ हावा संजाल, ललितपुरका सुमित्रा महत, युवा वातावरण अभियान्ता दिवाकर अध्यक्ष उप्रेती, सफाइ श्रमिक सहयोग समाजका प्रतिमा लामा महर्जन, साझेदारी वन उपभोक्ता महासंघकिा नरा पोखरेल वीच पनि घनिभूत रुपमा सामूहगत छलफल चलेको थियो ।
Featured Posts – Style 1
विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविर
2026-09-17 Comments Off on विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविर
विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविरप्रेमचन्द्र झाभदौ ०१ गतेरौतहट — विश्वकर्मा पूजाको अवसरमा गरुडा नगरपालिका–५ शिवनगरस्थित भगवान् विश्वकर्माको मन्दिर...
रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्
2026-09-17 Comments Off on रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्
रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्प्रेमचन्द्र झाअशोज ०१ गते रौतहट — रौतहटमा पत्रकार उपर...
भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ
2026-09-17 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ भक्तपुर, १ असोज। जिल्ला प्रहरी कार्यालय भक्तपुरले जिल्ला अदालत भक्तपुरको फैसला...
ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
2026-09-17 Comments Off on ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्नभक्तपुर । २०८३ असोज १भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र...
रञ्जनानिरौलालेजितिन्इटालीकोप्रतिष्ठित ‘ग्र्यान्डजुरीप्राइस’
2026-09-17 Comments Off on रञ्जनानिरौलालेजितिन्इटालीकोप्रतिष्ठित ‘ग्र्यान्डजुरीप्राइस’
रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’ काठमाडौँ, नेपाल —नेपाली कवि तथा लेखक रञ्जना निरौलालाई उनको कविता "सिटी लाइट्स"...













