उतरार्द्ध जीवन व्यवस्थापन केन्द्र तथा सहकारी संस्थाकाे साधारण सभामा बिएमआई परीक्षण र रक्तचाप मापन कार्यक्रम
भक्तपुर,
उतरार्द्ध जीवन व्यवस्थापन केन्द्र तथा उतरार्द्ध जीवन वचत तथा ऋण सहकारी संस्था लि.काे १८ आैं वार्षिक साधारण सभामा सहभागी सदस्यहरूलाई नेपाल हृदयराेग निवारण प्रतिष्ठान, भक्तपुर शाखाले बिएमआई परीक्षण तथा रक्तचाप मापन कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त साधारण सभामा सहभागीहरू मध्ये परीक्षण गराएका २० पुरूष र १५ महिला गरी जम्मा ३५ जनाकाे रिपाेर्टमा बढी ताैल भएका १४ जना, अत्यधिक माेटाेपना ७ जना रहेकाे बाँकि १४ जना स्वस्थ रहेकाे प्रतिष्ठानले जनाएकाे छ । त्यसैगरी रक्तचाप मापन परीक्षणकाे नतिजा अनुसार कम रक्तचाप १ जना, उच्च रक्तचाप १० जनामा देखिएकाे छ भने बाँकी २४ जनामा सामान्य देखिएकाे छ ।


उतरार्द्ध जीवन व्यवस्थापन केन्द्र तथा उतरार्द्ध जीवन वचत तथा ऋण सहकारी संस्था लि.काे स्थानीय वाराही पीठ, भक्तपुरमा सम्पन्न १८ आैं साधारण सभामा प्रमुख अतिथि डा. अरविन्दलाल भाेमीले उतरार्द्ध उन्मुख सदस्य तथा जेष्ठ सदस्यहरूलाई सहकारीले तिनीहरूकाे जीवन यापनकाे व्यवस्थापनमा राज्यले दिंदै आएकाे सेवा सुविधाबारे अवगत गराई सहजिकरण गर्नुपर्ने बताउनुभयाे ।
त्यसैगरी संस्थाका अध्यक्ष एवम कार्यक्रमका सभाध्यक्ष अनन्त प्रसाद धाैभडेलले प्रतिष्ठानले सञ्चालन गरेकाे स्वास्थ्य परीक्षण कार्यक्रमबाट सदस्यहरूलाई मुटुराेगबारे सुसुचित हुने अवसर मिलेकाे र सहकारीकाे विद्यमान नीति नियम र परिपत्र अनुसार नै कार्यक्रम सञ्चालन तथा सदस्यहरूकाे हितलाई ध्यानमा राखी सहकारीका दैनिक क्रियाकलाप अघि बढिरहेकाे बताउनुभयाे ।
त्यसैगरी अन्य अतिथिहरूमा धनमान श्रेष्ठले मानव जीवनकाे स्वास्थ्यबारे संक्षिप्त जानकारीमूलक मन्तव्य राख्नुभयाे भने नेपाल हृदयराेग निवारण प्रतिष्ठान,भक्तपुर शाखाका सभापति राजुराम मुनंकर्मीले बिएमआई परीक्षण र रक्तचाप मापन कार्यक्रमकाे महत्वबारे जानकारी दिनुहुँदै मुटुलाई स्वस्थ राख्न खानपानमा जाेड दिई जीवनशैलीमा परिवर्तन गर्नु अपरिहार्य रहेकाे बताउनुभयाे । त्यस्तै अतिथि जेष्ठ सदस्य पशुपति भक्त रायले उतरार्द्ध जीवन सहकारीकाे मूल मर्म र उद्धेश्यलाई आत्मसात् गर्दै संस्थाले सफलता हासिल गर्नेमा विश्वस्त रहेकाे बताउनुभयाे ।
उतरार्द्ध जीवन व्यवस्थापन केन्द्रका महासचिव शिवजी भुजुले सञ्चालन गर्नुभएकाे उक्त कार्यक्रममाेे उपाध्यक्ष हरिकृष्ण भैलले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
साेही साधारण सभाबाट संस्थाका सचिव विक्रम देउवन्जार र काेषाध्यक्ष विरेन्द्र भक्त बल्ल तथा लेखा समितिकाे तर्फबाट प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मतिले पारित गरियाे भने जेष्ठ सदस्यहरू अरविन्द लाल भाेमी, उतम सुजखु,राम चगुठी, माेहन प्रसाद अवाल र गाेविन्द चगुठीलाई दाेसल्ला आेढाई सम्मानपत्र तथा नगद उपहारबाट सम्मानित गरिएकाे थियाे ।













