७७ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा भक्तपुरमा दिप प्रज्वलन
भक्तपुर, मसिंर २४ गते
मानव अधिकार, हाम्रो दैनिकी नाराका साथ आज ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०८२ विभिन्न कार्यक्रमहरुका साथ संसारभर मनाएको छ । मानव अधिकार मौलिक अधिकारका रुपमा स्थापित गर्न सर्वसाधारण जनतामा सचेतना अभिवृद्धिका विभिन्न गतिविधिहरुका साथ मानव अधिकार, हाम्रो दैनिकी नाराका साथ संसारभर मनाइरहेको नेपाल मानव अधिकार संगठन भक्तपुरका अध्यक्ष रामकृष्ण मानन्धरले जनाएको छ । जिल्ला शाखा भक्तपुरले ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आज दिप प्रज्वलन कार्यक्रम आयोजना गरी मनाएको उहाँले बताउनु भयो ।


चाँगुनारायण नगरपालिका वडा नं. ३ स्थित वडा कार्यालय भक्तपुरको प्रांगणमा देशको नक्सा अंकित नेपाल मानव अधिकार संगठनको लोगोसँगै दिप प्रज्वलन गरी आज विश्व मानव अधिकार दिवस मनाएको उहाँले बताउनु भयो । स्थानीय जनताको विकास निर्माण र सेवा सुविधाको हक अधिकार पनि मानव अधिकार भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि एवं स्थानीय वडाध्यक्ष श्यामसुन्दर धिमालले जनताको अधिकार सुनिश्चित गर्ने स्थानिय सरकारको महत्वपूणर््ा भूमिका रहने बताउनु भयो । सो अवसरमा मानव अधिकारबादी तथा संगठनका सल्लाहकार विश्व मोहन जोशीले बाँच्न पाउने अधिकार सूचिनिश्चित गर्न विश्वभर मानव अधिकार दिवस मनाइ रहँदा मानिसका लागि गाँस, बास र कपासको सुश्चिततासँगै आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् हुने प्रति सजग हुन सके मानव अधिकार प्रत्याभूट गर्न सहजिकरण हुने बताउनु भयो ।
जिल्ला अध्यक्ष रामकृष्ण मानन्धरको सभापतित्वमा आयोजित सो दिप प्रज्वलनमा संस्थाका पशुपतिभक्त रायले स्वागत तथा कोषाध्यक्ष रामप्रसाद प्रजापतिले कार्यक्रम सञ्चालन गर्नु भयो । कार्यक्रममा भक्तपुर प्रहरीको तर्फबाट वरिष्ठ सही कृष्ण थापा, जिल्ला ट्राफिक कार्यालयका झरना सोनार सहितका अतिथिहरुले दीप प्रज्वलनमा सहभागिता जनाउनु भयो ।













