शुक्रबार खेल सामग्री वितरण गर्दै विद्यालयस्तरीय खेलक्रूद प्रतियोगिता सम्पन्न हुने
भक्तपुर, मंसिर २३ गते
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकूदका सम्पूर्ण खेलहरु शुक्रबारसम्ममा सम्पन्न हुने भएको छ । गत मंसिर २० गते देखि शुरु भएको सो प्रतियोगितामा भक्तपुर नगरका ९७ वटा विद्यालयका १८ सय भन्दा बढी छात्र, छात्राहरुले प्रतिस्पर्धिा गरेका थिए । १४ खेलहरु मध्ये अधिकांस बिहिबार नै सम्पन्न भएको भए पनि खोखो, कराते लगायत बाँकी प्रतियोगिताहरु शुक्रबार सम्पन्न गरी उत्कृष्ठ खेलाडी, विद्यालयलाई शुक्रबार पुस्कृत गर्नुका साथै सहभागि विद्यालयहरुलाई खेल सामग्री वितरण गर्ने कार्यक्रम रहेको युवा तथा खेलकूद समिति भक्तपुर नगरपालिकाका अध्यक्ष श्यामकृष्ण खत्रीेले जनाए । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सोमबार उद्घाटन गर्नु भएको सो प्रतियोगिताको समापन नेमकिपा सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा गर्ने भएको हो । सो प्रतियोगिता अन्तर्गत विहिबार भएको खेल गतिविधिहरुमा
कबड्डी प्रतियोगिताको समापन
२०७८ मंसिर २३ गते, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय कबड्डी प्रतियोगिताको समापन समारोहमा विजयी खेलाडीहरुलाई प्रमाणपत्र तथा मेडल वितरण गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले नपाको आयोजनामा भएको खेलकुद प्रतियोगितामा विद्यार्थीहरुको सहभागिता र उत्साहले भक्तपुर खेलकुदमय भएको बताउनुभयो ।
विद्यार्थीहरुलाई अनुशासित, सभ्य र सुसंस्कृत बनाउन विद्यार्थी जीवनदेखि खेलकुद जीवनमा सक्रियता बढाउनुपर्ने बताउनुहुँदै उहाँले विद्यार्थीहरुमा उत्साह र प्रेरणा दिन नपाले यस्ता प्रतियोगिताको आयोजना गर्दै आएको बताउनुभयो ।
खेलकुदमा हार र जीत स्वाभाविक भएको बताउनुहुँदै खेलकुद मानव जीवनको अभिन्न अंग भएको र खेलकुद जित्नको लागि भन्दा विद्यार्थीहरुको शारीरिक र मानसिक स्वस्थ राम्रो बनाउन खेलकुदको आवश्यकता रहेको बताउनुभयो ।
समापन कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं। ४ का वडाध्यक्ष कुमार चवालले पनि नपाको आयोजनामा भएको खेलकुद प्रतियोगितामा सहभागी विद्यालय र विद्यार्थीहरुप्रति आभार प्रकट गर्नुहुँदै आगामी दिनहरुमा नपाको गतिविधिमा आवश्यक सहयोग मिल्नेमा आशा व्यक्त गर्नुभयो ।
आज सम्पन्न कबड्डी प्रतियोगिताको फाइनल गेममा छात्र कबड्डीतर्फ मिनर्वा विद्यालय प्रथम, पारागण एकेडेमी द्वितीय, बागेश्वरी मावि र साइनिङ स्टुडेन्ट्सले तृतीय स्थान हासिल गरेका थिए । साथै छात्रा कबड्डीको फाइनल खेलतर्फ साइनिङ स्टुडेन्ट्स प्रथम, बागीश्वरी मावि द्वितीय र रोम्बर सेकेन्डरी स्कूल तृतीय भएका थिए ।
भनपा वडा नं। ६ मा कराँतेको उद््घाटन
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत नगरपालिका वडा नं। ६ को आयोजनामा भएको कराँते खेलको उद्घाटन नगर प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो । नगर प्रमुख प्रजापतिले अन्तर्राष्ट्रिय कराँते खेलका रेफ्री राजन चित्रकारलाई खेल सामाग्री हस्तान्तरण गरी खेलको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा भक्तपुर नपा वडा नं। ६ का वडाध्यक्ष हरिराम सुवाल, वडा सदस्य गोविन्द दुवाल, सिद्धिराम अवाल, कार्यपालिका सदस्य रोशनमैंया सुवाल, खेलकुद समितिका अध्यक्ष राजुसिं बजिक्व र शिक्षक जगन्नाथ सुजखूले पनि बोल्नुभएको थियो ।
भक्तपुर नगरब्यापी विद्यालयस्तरीय भलिबल प्रतियोगिता सम्पन्न
भक्तपुर, २०७८ मंसीर २३, बिहिबार ।
भक्तपुर नगरपालिकाद्धारा आयोजित भक्तपुर नगरब्यापी विद्यालयस्तरीय भलिबल प्रतियोगिताका सम्पूर्ण खेलहरु शहिद स्मृति खेल मैदानमा सम्पन्न भयो ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रमाण पत्र तथा मेडल वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा आज सम्पन्न भयो ।
अन्तिम परिणाम अनुसार भलिबल खेलमा छात्रतर्फ सैनिक आवसीय महाविद्यालयले प्रथम स्थान, पद्म माविले द्वितीय स्थान र शारदा माविले तृतीय स्थान हासिल गर्न सफल भएको थियो भने छात्रातर्फ बागीश्वरी माविले प्रथम स्थान, डेमोस इङ्गलिश स्कूलले द्वितीय स्थान र पद्म माविले तृतीय स्थान हासिल गर्न सफल भएको थियो । यसै बीच पद्म माविमा आयोजना भएको पोटवलका विजयी खेलाडीहरुलाई भनपा ३का वडाध्यक्ष राजकृष्ण गोरा र जनप्रतिनिधीहरुले पुरस्कृत गर्दै पैसाको अभावमा अध्ययन नछुटोस भन्नका लागि भक्तपुर नगरपालिकाले ५ लाखसम्म शैक्षिक ऋणको व्यवस्था रहेको बताउनु भयो । यसै बीच दत्तात्रय मन्दिर परिसरमा बुद्धबारबाट सुरु गरेको कसिमला र वुद्धिचाल खेल बिहिबार नै सम्पन्न गरेको जिल्ला बुद्धिचाल संघका अध्यक्ष निराजन प्रजापतिले जनाएको छ ।













