वागीश्वरी कलेजको १३ औं र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको प्रथम कलेज सभा सम्पन्न
१० मंसिर, भक्तपुर । वागीश्वरी कलेजको १३ औं र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको पहिलो कलेज सभा छुट्टाछुट्टै रुपमा बुधबार सम्पन्न भयो । दुवै सभाको सभापतित्व कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभएको थियो ।
सभालाई सम्बोधन गर्दै उहा“ले निकै कठिन अवस्थाबाट गुज्र“दै वागीश्वरी कलेजले हालसम्म गरेको प्रगति हामी भक्तपुरवासीहरुकै लागि गौरव गर्न लायक भएको बताउनुभयो ।
दुवै कलेजले गरेको प्रगतिको लागि कलेज सभाका सम्पूर्ण सदस्यहरुको सहयोग सदा स्मरणीय रहने बताउ“दै उहा“ले वागीश्वरी कलेजको विधान संशोधन र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको नया“ व्यवस्थापन समिति गठनमा दिएको सहमतिप्रति हार्दिक आभार पनि प्रकट गर्नुभयो ।
सभामा विशेष अतिथि बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाईले देश वर्तमान नाजुक अवस्थामा पुग्नुको सम्पूर्ण दोष राजनीतिक पार्टी र त्यसका नेताहरु मात्र नभर्ई प्राध्यापक, बुद्धिजीवी पनि उत्तिकै जिम्मेवार रहेको बताउनुभयो ।
जे जस्तो भए पनि हामी आफूहरु जिम्मेवार बनौं भन्ने आग्रह गर्दै उहा“ले विद्यार्थी नया“ पुस्तालाई पनि देश, समाज र जनताप्रति जिम्मेवार बनाउने प्रयास गर्न आग्रह गर्नुभयो ।
त्यस्तै अर्का अतिथि भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने सोच साकार पार्न वागीश्वरी दुवै कलेजले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
सभामा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले कलेजको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सभामा सभासदहरुले प्रस्तुत प्रतिवेदनमाथि टिका टिप्पणी गर्नुभएको थियो भने संशोधनसहित पारित गरिएको थियो ।
Featured Posts – Style 1
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
2026-09-24 Comments Off on भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पणभक्तपुर, ८ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने...
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
2026-09-24 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ भक्तपुर, ८ असोज। जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय भुक्तान गर्न बाँकी...
‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
2026-09-24 Comments Off on ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’ प्रिय छोरा, जन्मदिनको आशीर्वाद आज तिम्रो जन्मदिनमा तिमीलाई शुभकामना दिँदै गर्दा म...
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
2026-09-23 Comments Off on श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्नभक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक...
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
2026-09-23 Comments Off on प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रमचाँगुनारायण-९,...













