मध्यपुरमा मनाईयो, शंखधर दिवस

मध्यपुरमा मनाईयो शंखधर दिवस
मध्यपुर थिमी, मंसिर ६ गते
नेपाल सम्बतका प्रवर्तक शंखधर साख्वालाई राष्टिय विभूति घोषणा भएको दिनको रुपमा वुधबार मध्यपुर थिमी नगरपालिकाले मध्यपुर थिमीमा शंखधर दिवस मनाएको छ । शंखधर साख्वा र नेपाल सम्वत्को महत्वलाई उजागर गर्दै नेपाल सरकारका अर्थमन्त्री प्रकाश सरण महतले नेवार समुदायको उन्नत संस्कृति र सम्पदाबाट देश समृद्धि बनाउन सकिने भन्दै नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा कार्यान्वयनमा लानुपर्नेमा जोड दिनु भयो । राष्ट्रिय अर्थतन्त्र उकास्न र स्वदेशमै युवाहरुलाई अवसर सृजना गर्न नेपाली समाजको विशिष्ट पहिचान जोगाउनुपर्नेमा मन्त्री महत्तको जोड थियो ।

सो अवसरमा मध्यपुर थिमी स्थित शंखधर साख्वाको प्रतिमास्थल शंखधर चोकमा दिप प्रज्वलन गरेको थियो । मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा शंखधर प्रतिष्ठानका अध्यक्ष, ज्ञानराम श्रेष्ठ, अभियान्ता आके मानन्धर, प्रतिष्ठानका संस्थापक मदनकृष्ण श्रेष्ठ, जिसस भक्तपुरका प्रमुख ईश्वर थापा सहितका अतिथीहरुले शंखधर दिवसमा नेपाल सम्वतलाई व्यवहाािरक सम्वतको रुपमा विकास गर्न सके देशको स्वाधिनता रक्षा हुने विश्लेषण गर्दै नेपाल सम्बत् नेवार समुदायको मात्र नभई देशकै मौलिक सम्वत भएकोमा जोड दिएका थिए ।