“खाल्डोमा खसेको बच्चाको उद्धार ”

“खाल्डोमा खसेको बच्चाको उद्धार ”

भक्तपुर, माघ १७ गते
खाल्डोमा खसेको बालकको सकुसल उद्धार गरेको छ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थित कटुञ्जे भैरब मन्दिर नजिक खाली जग्गामा बोरिङ गर्न खनेको अन्दाजी १५ फिटको खाल्डोमा मंगलबार साँझ खसेका बालकलाई सकुशल उद्धार गरेको हो । रामेछाप मन्थली घर भई हाल कटुञ्जे बस्दै आएका भुजेल परिवारका २ वर्षीय सजिन भुजेल खेल्नेक्रममा सो खाल्डोमा खस्न पुगेको थियो । खाल्डोमा खसेका भुजेलको उद्धारकालागि स्थानीय समुदाय, कटुञ्जे प्रहरी र च्ल्ब्ज्ञट टोलीले करिव एक घण्टाको प्रयासमा सकुसल उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त पाठकले जनाएको छ ।