भक्तपुर, चैत्र २७ गते विश्वभर कोरना भाइरसको जोखिम बढी रहँदा हामी लकडाउनमा छौं । विद्यालय, कलेज, कार्यालयहरु अधिकांस बन्द अवस्थामा छन । मानिसहरु घर भित्रै बसिरहेका छन् । कतिपय मानिसहरु कोरनाको विश्वव्यापी जोखिमलाई पर्वाह नगरी हिल्डुल गरिरहेका देखिन्छन् । हुन पनि हो, लामो समयसम्म घरमै कोचिएर बस्नु पर्दा कहिले काही ज्यानको माया मारेरै भए पनि सडक, बजारमा हाम फाल्न मन जाग्छ । कोरना भाइरसको जोखिमलाई नियन्त्रण गर्न विश्वका कैयौं विकसित देशहरु समेत सक्षम हुन नसकेको बेला जति सुक्कै सम्मन्न होस् वा अभावमा जीउनुपर्दा पनि यो जोखिमबाट सुरक्षित हुने उत्तम उपाय भनेको घरमै एकान्तवासमा बस्नुको बिकल्प अहिलेसम्म विकास भएको छैन । सामाजिक दुरी कायम गर्ने, सावुन पानीले हात धुने, स्यानेटाइजर प्रयोग गरी सुरक्षित रहने उपायहरु त सबैले सुनिसकेको र ब्यवहारमा पनि उत्तारि रहेको होलान । यस बाहेक लक डाउनको समय मानिसहरुले के कसरि बिताइरहेका छन् भने बारेमा भने विभिन्न सामाजिक सञ्जालबाट हेर्ने र सुने अवसर पनि जुति रहेको छ । कतिपयले मनोरञ्जनात्मक गतिविधीमा समय बिताइरहेका देखिन्छन त कतिपयले सृजनात्मक कार्यमा त कतिपयले पुस्तक अध्ययनमा र घरायसी कामकाजमै समय बिताइरहेका देखिन्छन् ।
https://youtu.be/xhNd4X4Blps
यहि क्रममा सामाजिक सञ्जालमा देखिएकी भक्तपुरका एक बालिकाको बारे चर्चा गरौं, जसको नाम हो, हर्षिका लवजु । उनी भक्तपुरको महेन्द्र आधारभूत विद्यालयको शिस्युस्याहारमा रमाउदै दिनहरु बिताइरहेकि थिईन् तर लक डाउनका कारण आजभोलि उनी घर परिवारमै रमाइरहेकी छिन् । शिस्युस्याहारमा जान पाएकि छैनन् । उनका आमा सम्झना सधै काठमाण्डौसम्म अध्यापनका लागि जानु पार्दा छोरीलाई शिश्यु स्याहारमै छोड्नु पर्थ्यो । अहिले भने आफ्नी दुई वर्ष १० महिनाकी एक्ली छोरीलाई मज्जाले स्याहार्न भ्याइरहेकी छिन् । शनिवार र अन्य विदाका दिन बाहेक राम्रोसँग आमा छोरी र परिवारसँग रमाउन पाउने अवस्था थिए । आज भोलिको लक डाउनमा भने उनीहरुसँग घरमै बसेर टाइम पास गर्ने विभिन्न अवसरहरु औंल्याउन पाएका छन् । सम्झनाले आफ्नो सानी छोरीलाई यस अवसरमा चित्रकला सिकाएकी छिन् । चित्र हेरेर कखरा पढ्न मन पराउने हर्षिका आजभोलि आफैले चित्र कोर्न सक्ने भएकी छिन् । लक डाउनको समयको सदुपयोगले आमा र छोरीको प्रगाढ माया त्यसमथि आमाको सिकाइको सिकोले हरेक सृजनशिल बालबालिकाहरुलाई एउटा उत्साहको सञ्चार प्रवाह गरेको यी चित्रहरुबाट प्रष्ट हुन्छ । हाँसि, खुसि, रुदै, खेल्दे, सिक्दै दिन बित्ने गरेका हजारौ नानी बाबुहरुसँग तुलना गर्ने हो भने हर्षिका एउटी नमुनाकी खानि भएर उदाएकी छिन् लक डाउनको यो समयमा । उनले बनाएको चित्रलाई हेनुस् कुनै चित्रकारले बनाएको भन्दा कम छैन् । हुने विरुवाको चिल्लो पात भने झै साना नानी-बाबुहरुलाई हर्षिकाले झै अभिभाबकत्व पाएको भए पक्कै हजारौ हर्षिकाहरु यो लक डाउन सम्मयामा यसै गरी सृजनशिल हुन्थे होला । यसले एकातिर लक डाउनको समय पनि पास हुने, अर्कोतर्फ आफ्ना सन्ततिको जीवनलाई सृजनशिल बनाउने महत्वपूर्ण क्षणको रुपमा बिताउन सकिन्थ्यो । यो भन्दा बढी महत्वपूर्ण कुरा त विश्वव्यापी रुपमा फैलिरहेको कोरना भाइरसको जोखिम व्यवस्थापनका लागि हरेक नागरिकले लक डाउनमा घरभित्रै बसिरहंदा हुने तनाब पनि घटाउनुका साथै जोखिमबाट आफू र आफ्नो परिवारको पनि सुरक्षित हुन्थ्यो । एकपटक मनन गरौं, के तपाई पनि यसरि नै यो लक डाउनको समय सदुपयोग गरिरहनु भएको छ ? लक डाउनको समयमा सम्झनाले हर्षिकामा बढाएको सृजनशिलता जस्तै कोरना भाइरस विरुद्धको एकान्तबासमा बस्न यहाँमा पनि पक्कै सकारात्मक हौषला बढाउने छ ।
हेर्नुस् हर्षिकाका चित्रकारीता :

https://www.youtube.com/watch?v=xhNd4X4Blps&fbclid=IwAR1XEuiVy8R_0dlzUonu9mAclNbkAD_9H61MWb_rWaJd8w38hbOopIaKeJM












