भक्तपुरका नवनियुक्त प्रजिअ ढकालद्वारा पत्रकार भेटघाट, जिल्लाको शान्ति सुरक्षा र विपद् प्रतिकार्यमा चासो व्यक्त
भक्तपुर
नवनियुक्त भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले आज पत्रकार परिचयात्मक कार्यक्रम आयोजना गर्दै जिल्लाको शान्ति सुरक्षा र विपद् प्रतिकार्यमा चासो व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरस्थित प्रमुख जिल्ला अधिकारीको सभा कक्षमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सहभागि पत्रकारहरुले जिल्लाको सूचना संप्रेशनमा सहजिकरणको आवश्यकतामा जोड दिदै जिल्लाका शान्ति सुरक्षा, पछिल्लो राजनैतिक गतिविधि तथा विपद्जन्य घटनाहरुबारे समीक्षात्मक जानकारी आदान प्रदान गरेका थिए । सो अवसरमा भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य, जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरिक्षक सूर्यबहादुर खड्काले े पछिल्ला जिल्लाको शान्ति सुरक्षा र विपद् जन्य घटनाहरु बारे प्रजिअ ढकाल समक्ष जानकारी दिएका थिए भने नवनियुक्त अनुसन्धान अधिकृत एस.पी. हेमन्त कार्कीलाई स्वागत गरेका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघ जिल्लाका अध्यक्ष सुन्दर शिल्पकार, महासंघका पदाधिकारी सहित दजर्नौ विभिन्न सञ्चार मध्यमहरुका पत्रकारहरुको सहभागिता थियो । प्रजिअ ढकाल काभ्रेपलान्चोक जिल्लाको प्रमुख जिल्ला अधिकृत हुँदै यस हप्ता भक्तपुर सरुवा हुनु भएको हो ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














