सुुलाेचना मानन्धर जरिमैयाँ साख: लुमन्ति सिरपाद्वारा सम्मानित

सुुलाेचना मानन्धर जरिमैयाँ साख: लुमन्ति सिरपाद्वारा सम्मानित

  • राजुराम मुनंकर्मी
    भक्तपुर,
    नेपालकाे अग्रणी साहित्यिक संस्था नेपाल साहित्य मन्दिर, भक्तपुरले विगत १५ वर्ष देखि निरन्तर रूपमा प्रदान गर्दै आईरहेकाे जरिम‌ैयाँ साख: लुमन्ति सिरपा (स्मृति पुरस्कार) याे वर्ष वरिष्ठ साहित्यकार सुलाेचना मानन्धरलाई भक्तपुरकाे सिद्धपाेखरी पार्टी प्यालेस, दुधपाटी, भक्तपुरमा आज नेपाल साहित्य मन्दिरकाे आयाेजनामा सम्पन्न एक विशेष कार्यक्रममा प्रदान गरिएकाे हाे । साेही समाराेहमा वरिष्ठ सिनेकर्मी एवम् साहित्यकार विजय रत्न असंवरेलाई कुमार साख: हपा: सिरपा पनि प्रदान गरिएकाे छ । नेपाल साहित्य मन्दिरका अध्यक्ष एवम् नेपाल प्रज्ञा परिषद सदस्य त्रैलाेक्य मान बनेपालीकाे सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल साहित्य मन्दिरका संस्थापक एवम् वरिष्ठ साहित्यकार तिलक प्रकाश कायष्थले जरिमैयाँ साख: स्मृति पुरस्कार र कुमार साख: प्राेत्साहन पुरस्कारकाे स्थापना र अैाचित्पमाथि प्रकाश पार्दै साेही पुरस्कार वितरणले नेपालभाषाका थुप्रै महिला साहित्यकारकाे जन्म भएकाे बताउनुभयाे । त्यसैगरी अतिथिहरू क्रमश: समाजसेवी कृष्णलाल प्रधान, नेपालभाषा एकेडेमीका सचिव महेन्द्र गाेपाल कर्माचार्य, सम्मानित व्यक्तित्वहरू सुलाेचना मानन्धर र विजयरत्न असंवरेले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
    नेपाल साहित्य मन्दिरका सचिव हरिशरण शर्मा राजाेपाध्यायकाे प्रस्तुतिकरणमा सदस्य रामनारायण प्रजापतिले उपस्थित सम्पूर्ण गन्यमान्य तथा साहित्यिक व्यक्तित्वहरूलाई स्वागत गर्नुभयाे भने अर्का सदस्य उत्तम नारायण मल्लले कृतज्ञता ज्ञापन गर्नुभयाे ।
    पुरस्कार वितरणकाे अलावा साहित्यिक माहाैलकाे सम्मिश्रण भएकाे उक्त समाराेहमा नारी कविहरू प्रतिसरा सायमी, सुलाेचना सैंजु, हिसिलिना शाक्य, रेजिना नक:मि मानन्धर, विनिता शाक्य, विना नेमकुल, मञ्जु श्रेष्ठ, दिव्या बज्राचार्य, विमला मानन्धर, मिलन शाक्य, पूर्णिमा शाक्य र रिता महर्जनले कविता वाचन, मिमिला शर्माले लघुकथा वाचन र गुहेश्वरी शाक्यले स्वागत गीत गाउनुभएकाे थियाे ।