निलबाराहीमा आज पनि हजारौले गरे श्रमदान, अब मन्दिरको मुख्य जोखिमयुक्त क्षेत्रमा श्रमदान गर्ने तयार

निलबाराहीमा आज पनि हजारौले गरे श्रमदान, अब मन्दिरको मुख्य जोखिमयुक्त क्षेत्रमा श्रमदान गर्ने तयार
िभक्तपुर, श्रावण १० गते
भक्तपुरको ऐतिहासिक निल बाराही मन्दिर परिसर संरक्षणमा श्रमदान अभियानको आज ११ औं हप्तामा पनि हजारौले श्रमदान गरेका छन् । काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रबाट आएका श्रमदाताहरुले बोराम माटो भर्ने र पहिरो रोकथामकालागि बोराको गाह्रो लगाउने कार्यमा श्रमदान गरेका थिए । श्रमदान गर्न आएको खोकनाका समुदायले सामुहिक श्रमदान गर्न पाउँदा निकै खुसि भएको भन्दै निलबाराही मन्दिर परिसरको संरक्षण माटो भरेमात्र सुरक्षित नहुने जिकिर गर्दै जगै देखि मजबुट तरिकाले संरक्षणकोलागि पहल गर्नुपर्नेमा सुझाव दिएका छन भने निल वाराही संरक्षण सरोकार समितिका सचिव अनिश बाडेले मन्दिर सँगैको पहिरो रोक थामकालागि आवश्यक माटो ओसार्न बाटो बनाउने कार्य अनुसार अहिले श्रामदान मार्फत कार्य भइरहेको उल्लेख गर्दै अहिले मन्दिरसँगैको पहिरो रोकथामसम्म पुग्ने बाटो भइसकेकोले सो क्षेत्रको संरक्षण कार्यलाई तिब्रता दिने तयारी भइरहेको जनाएको छ ।


आज इथाचा नेवाः समूहले विशेष श्रमदान गरेको व्यवसायी पुरुषोतम प्रजापतिले जनाएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ स्थित इथाचाका नेवा समूह विशेष गरी महिला समूहको सक्रियतामा श्रमदान भएको थियो भने व्यासी भजन टोलीको पनि उल्लेख्य श्रमदान रहयो । श्रमदानमा आएका अधिकासं समुदायले खाजा पानी आफै व्यवस्था गरेका थिए भने श्रमदान गर्न आउनेहरुलाई आज स्थानीय समुदायले निःशुल्क महि खुवाउने कार्य गरेका थिए ।
श्रमदानको नामाबली संकलन गर्दै आएका पदाधिकारीले हालसम्म सो क्षेत्रमा ४० हजार जतिले श्रमदान गरिसकेको जनाएको छ भने निल बाराही क्षेत्रका पहिरो रोकथाम गर्न ६० हजार टिप माटो आवश्यक भए अनुसार दिनको सय टिप माटो भर्ने कार्य भइरहेको र हालसम्म १० हजार टिप माटो पुरिसकेको जनाएको छ । अझै ५० हजार टिप माटो पुर्न बाँकी रहेको उल्लेख गर्दै मन्दिर छेउसम्म पुग्ने मोटर बाटो बनि सकेकोले पानी परेन भने अव धमाधम माटो पुर्ने कार्य हुने जनाएको छ ।