भक्तपुर, चैत्र २३ गते
मानिसबाट मानिसमा सजिलै सर्ने कोरना भाइरसबाट सुरक्षित हुने उत्तम उपाय घरभित्रै बस्ने हो भन्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले कोरना भाइरस नेपालमा ९ जनामा संक्रमण फैलिसक्दा संसारभर १२ लाख भन्दा बढीमा फैलिसकेको र त्यसबाट ६४ हजार भन्दा बढीको मृत्यू भइसकेकोले तोकिएका दिनहरुसम्म सुरक्षित रुपमा घरमै बसि दिन आम समुदायमा आग्रह गर्नु भएको छ । लक डाउन अझ लम्बिन सक्ने संभावना रहेकोबेला अनुसासितरुपमा घर घरमा बसिरहेका सामान्य जनता समक्ष अतिआवश्यक खाद्यान्नका सामग्री सहजरुपले आपुर्ति हुनपर्ने, जनताले यो बेला दुध र तरकारी जन्य बस्तु खान नपाउने, उत्पादन कृषकहरुले यो बेला बजार नपाएर फाल्नुपर्ने बर्तमान अवस्था अबिलम्ब अन्त्य गर्न जारुरी रहेकोमा जोडदिनु भयो । संकटकालिन अवस्था खाद्यान्न र खाना पकाउने ग्यासमा कालोबजारी तत्काल रोक्न आवश्यक भएको भन्दै साँसद सुवालले यो बेला बिदेशबाट खाद्यान्न, फलफूल र तरकारी आयात रोक्न पनि जरुरी भएको बताउनु भयो । स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचार र अनियमितामा संलग्नको छानविन गरी अभिलम्ब पद्मुक्त र कानुनी कार्वाहीको आवश्यकतामा जोड दिनु भयो । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यक्तिगत सुरक्षा सामग्री पीपीई लगायत सुरक्षा र स्वास्थ्य सामग्री उपलब्ध गराउन आवश्यक भएकोमा पनि सांसद सुवालले जोड दिनु भयो ।
कोरना भाइरस संक्रमित मानिसको स्वासप्रश्वास, खकार, सिंगान, थुकबाट कोरना भाइरस सर्ने बताउँदै सांसाद सुवालले संक्रमित ब्यक्तिले छोएको ठाउँमा अन्य मानिसले छोएमा पनि संक्रमण फैलिने भएकाले संक्रमित व्यक्तिहरुबाट अलग बस्नुपर्नेमा जोड दिनु भयो । विदेशबाट आएका मानिसहरुको स्वास्थ्य परीक्षण गरी भाइरस संक्रमण भए नभएको सुनिश्चित गरी सम्बन्धित स्वास्थ्य कार्यालय तथा प्रहरीलाई खवर गर्नुपर्नेमा जोड दिदै उहाँले लक डाउनको समयाबधिलाई पूर्णरुपमा पालना गरी कोरना भाइरसको जोखिम व्यवस्थापन गर्न आग्रह गरेका छन् ।













