नेमकिपा अध्यक्ष विजुक्छेलाई पत्निशोक

नेमकिपा अध्यक्ष विजुक्छेलाई पत्निशोक

भक्तपुर, असार ८ गते
नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेलाई पत्निशोक भएको छ । अध्यक्ष विजुक्छेका धर्मपत्नि शोभा प्रधान विजुक्छेको उपचारकोक्रममा निधन भएको छ । नेक्रामसंघकी नेतृ प्रधानको हरिसिद्धी अस्पतालमा उपचारकोक्रममा आज साझ निधन भएको हो । दुई पटकसम्म क्यान्सर रोगको सफल उपचार गराएकी प्रधानको उपचारकैक्रममा निधन भएको छ । रामेछाप जिल्लामा २०१७ पुस १४ गते जन्मिएकी शोभा प्रधानको अध्यक्ष विजुक्छेसँग ११ मंसीर २०४०मा विवाह भएको थियो । शिक्षण पेसाबाट अवकासमा रहेकी प्रधानकी दुई छोरा सुवेग र सुवान छन् ।