कोरना भाइरस रोकथामका लागि भक्तपुरमा Crisis Management Center (CMC) सक्रिय, विदेशबाट आएका १३४ जनाको पहिचान

भक्तपुर, चैत्र २४ गते
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आफ्नो नेतृत्वमा भक्तपुर जिल्लामा विश्वव्यापी फैलिरहेको कोरना भाइरस संक्रमणको जोखिम व्यवस्थापनका लागि क्रयासि म्यानेजमेन्ट सेन्टर भक्तपुर स्थापना भएको जनाएको छ । प्रजिअ पाण्डेले सोमबार विज्ञप्ति जारी गरी प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा तथा स्वास्थ्य निकायका प्रमुखहरु रहेको कमाण्ड पोष्टले हालको अवस्था र स्थितिका सम्बन्धमा आवश्यक समन्वय, निर्देशन भई कोभिड १९को रोकथाम, नियन्त्रण र उपचारमा सहयोग, समन्वय, सहजिकरण र अनुगमन गर्ने लगायत काम गर्न जिल्लस्तरीय क्रयासिस म्यानेजमेट सेन्टर भक्तपुर स्थापनाभएको जनाएको हो । सो सेन्टरको स्थापनासँगै भक्तपुर जिल्लामा ३ वटा क्वारेन्टाइनस्थलमा २९४ बेड, विभिन्न अस्पतालहरुमा १७ वटा भेन्टिलेटर ८७ वटा आइसोलेसन बेड तयार रहेको र ४ वटा डेडिकेटेट एम्बुलेन्सलाई तयारी अवस्थामा राख्नुका साथै जिल्लामा सञ्चालित २२ वटा एम्बुलेन्सलाई पनि आवश्यकता अनुसार परिवर्तन गरी तयारी अवस्थामा राखेको बताएको छ । स्वास्थ्य कार्यालयका प्रमुखको नेतृत्वमा Crisis Management Center (CMC) Bhaktapur तयार रहेको र वडाहरुमा पनि ९एच्त्० सक्रिय रहेको जनाएको छ । हालसम्म कोरना भाइरसका संकास्पद ५८ जनाको स्वाब परीक्षण गराउँदा ४० जनाको रिपोर्ट नेगेटिभ भएको र अन्यको नतिजा आउनेक्रममा रहेको जनाएको छ । चैत्र ८ गते विभिन्न देशबाट नेपाल प्रवेश गरी खरिपाटी क्वारेन्टाइनमा रहेका मध्ये स्वाब परीक्षणबाट नेगेटिभ आएका ७३ जनालाई एक हप्ता घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने शर्तमा आज घर फिर्ता गरेको पनि बताएको छ । घर फर्किएका व्यक्तिहरु ईलाम, सुनसरी, झापा, मोरंग, तेह्रथुम, धनकुटा, रौतहट, सर्लाही, बारा, सप्तरी, धनुषा, धादिङ्ग, काभ्रेपलाञ्चोक, काठमाण्डौ, ललितपुर, चितवन, तनहुँ, स्यांजा, कास्की, नवलपरासी, कपिलबस्तु, रुपन्देही, सुर्खेत, दाङ्ग र नेपालगञ्जका रहेको जनाएको छ । तिनीहरुलाई ५ वटा रुटमा बसमार्फत घर पठाएको जनाएको छ । चैत्र १२ गते काकडभिट्टा हुँदै नेपाल प्रवेश गरका २३ जना व्यक्तिहरुको भने हाल खरिपाटी स्थित क्वारेन्टाइनस्थलमै रहेको र तिनीहरुको स्वाब परीक्षणका लागि पठाएको विज्ञप्तीमा उलेख छ । चैत्र १ गते पछि विदेशबाट भक्तपुर आएकाहरु १३४ जनाको पहिचान गरी तिनीहरुको निरन्तर निगरानीमा राखिएको र सबैको स्वाब परीक्षणको तयारी सुरु गरकोे छ ।

Press_Note_compressed

सवारी पास अनुमति पत्र वितरण भने आइतबार देखि स्थगित गरेको छ । अत्यावश्यक अवस्थामा सवारी पास अनुमति जारी भइरहेकोमा संक्रमणको विस्तारलाई रोक्न सरकारले एक जिल्ला वा पालिकाबाट अर्कोमा प्रवेश गर्न रोक लगाउने निर्णय गरे अनुसार चैत्र २३ गते देखि पास जारी स्थगित गरिएको हो ।
बजारमा खाद्यान्न, नुन, तेल लगायत दैनिक उपभोग्य वस्तुको संचिति पर्याप्त रहेको उल्लेख गर्दै विक्रि वितरणलाई व्यवस्थित गर्दै संक्रमणमुक्त बनाउन र अत्यावश्यक बस्तुको अभाव हुन नदिन व्यवसायीहरुसँग निरन्तर समन्वय गर्दै सहज आपूर्तीको व्यवस्था मिलाइरहेको पनि जनाएको छ ।
सो सेन्टरले दैनिक गुजारा गर्ने व्यक्तिलाई यस संकटको समयमा सम्बन्धित वडा कार्यालयहरुबाट राहत वितरण भइरहेको र टोल नगरहरुमा फोहरमैला उठाउने र व्यवस्थापन गर्ने कार्य सम्बन्धित वडामार्फत सक्रियताका साथ गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
लक डाउनको अवधिमा समुदायलाई घरबाहिर निस्कन नदिन सुरक्षाकर्मीहरु परिचालन गरेको जनाउँदै लकडाउन पालना नगर्ने १३५ वटा सवारी साधन नियन्त्रणमा लिई ७३१ जना व्यक्तिलाई कारर्बाही भएको जनाएको छ । यस अवधिमा जिल्लावासीहरुको लकडाउन पालनामा उल्लेख्य समर्थन जनाएको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना १९ बाट उत्पन्न यस विषम परिस्थितिको प्रतिरोध गर्न सबै संयन्त्र लागि परेको साथै स्वास्थ्यकर्मी, उपकरण, तथा बेडहरु समेत तयारी हालतमा रहेको हुँदा नआत्तिन तर सतर्कताका साथ लकडाउनको पूर्ण परिपालन गर्दै घरभित्रै रहन सबै जिल्लाबासीहरुमा प्रमुख जिल्ला अधिकारी पाण्डेले अनुरोध गर्नु भएको छ । साथै उहाँले यस अवस्थामा सबै स्थानीय तह, जनप्रतिनिधी, उद्योगी व्यवसायी, कार्यालय तथा सबै जिल्लाबासी महानुभावहरुबाट अझ बढी सहयोग र समर्थनको अपेक्षा व्यक्त गरेको छ । साथै विदेशबाट आएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरु बारे जानकारी दिन एवं राहत नपाएकाहरुले सम्बन्धित वडामा सम्पर्क राख्न, बजार व्यवस्थापनमा निश्चित दुरी काम गर्न तथा विदेशबाट आएर स्वयम् क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी परिचालन गर्ने भएकाले सम्पर्क राख्न र सहयोग गर्न पनि अर्को विज्ञप्तिमार्फत जानकारी दिएको छ ।