काठमाण्डौं, चैत्र २३ गते
कोरना भाइरसको स्वमूल्यांकन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मोबाइल एप र बेव साईटमा आज २४ जना रेड जोनमा थपिएसँगै रेड जोनमा पर्नेको संख्या १५० जना पुगेको छ । विश्वव्यापीरुपमा कोरना भाइरसको जोखिम बढेसँगै अनलाईबाट सरकारले थालेको कोरना भाइरसको स्वनियमन गर्ने पद्धति अनुसार आज मात्र १,८१२ जनाले विवरण दर्ता गरिएका मध्ये २४ जनामा कोरना भाइरसको उच्च जोखिका लक्ष्यण देखिएको भन्दै मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले आजको नियमित पत्रकार सम्मेलनमा बोल्दै रेड जोनमा परेकाहरुको मोबाइल नम्वर लगायत विवरणहरु सहि नभएकाले आवश्यक नियमन र परामर्शका लागि समस्या देखिएको भन्दै सही विवरण भरिदिन अनुरोध गर्नु भयो ।
नेपालमा कोरना भइरसको संक्रमण हिजो देखि दोस्रो चरणमा प्रवेश गरेसँगै संक्रमण देखिएका कैलाली, कञ्चनपुर र बाग्लुगका क्वारेन्टाइनमा बसेका तथा संक्रिमित व्यक्तिहरुको सम्पर्कमा आएका परिवार र नजिकका व्यक्तिहरुको स्वाब परीक्षण टिब्ररुपमा गर्ने भएको छ । तिनीहरुलाई र्यापिड डाइरेटिक किट (RDT) बाट परिक्षण गर्ने त्यसपछि फेरी PCR बाट पनि परिक्षण गर्न सरकारले स्वास्थ्य मन्त्रालयलाई निर्देशन जारी भएकाले कोरना भाइरसको परिक्षण बढाउने भएको प्रवक्ता डा. देवकोटाले बताउनु भयो । विदेशबाट आएकाहरुमा हुन सक्ने संक्रमण र संक्रमितबाट समुदायमा बढाउन सक्ने संक्रमणलाई ध्यान दिइ स्वाब परीक्षणलाई बढाउने भएको हो ।
चितवनमा नमूना परीक्षण सुरु भएसँगै काठमाण्डौ बाहिरका ७ ठाउँबाट कोरना भाइरसको परीक्षण सुरु भएको डाक्टर देवकोटाले बताउनु भयो । आजसम्मका १,५२९ जनाको परीक्षण सम्पन्न गरेको छ । काठमाण्डौमा १२ जना र उपत्यका बाहिर १०३ जना गरी ११३ जना आइसोलेशन कक्षमा रहेको उल्लेख गर्दै कल सेन्टरबाट २,७६६जनाको गुनासो सुनुवाई गरेको छ । जनगुनासोमा क्वारेन्टाइनको गुनस्तरीयता बारे बढी जिज्ञासा आएकाले सोको अनुगमण गरिने बताउनु भयो । अस्पतालहरुबाट आकस्मिक सेवा नपाएको गुनासो पनि बढेकाले सबै अस्पतालहरुले आकस्मिक सेवा अनिवार्य प्रदान गर्न आग्रह गर्नु भयो ।
कोरना भाइरसको उपचारमा खतिने स्वास्थ्यकर्मी चिकित्सकहरुका लागि अति आवश्यक सुरक्षा र स्वास्थ्य सामग्रीहरु गृह मन्त्रालयले उपलब्ध गराउने एवं सुरक्षा प्रदान गर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काम गर्न बाधा पुर्याउनेलाई गृह मन्त्रालयले कार्वाही गर्ने गरी तिनीहरुको मनोबल बढाउने कदम सरकारले चालेको छ । भक्तपुरको खरिपाटिमा रहेका ९४ जनाको स्वाब परीक्षणमा सबैको कोरना भाइरसको संक्रमण नभएको (नेगेटिभ) भएको पनि बताए । नेपाल भारत मानव विकास मैत्री संघ र एमबी बैंकले ३ सय भन्दा बढी स्वास्थ्य सामग्री तथा पीपीइ सहयोग गरेको छ ।
हिजो देखि समुदायस्तरमा कोरना भाइरसको संक्रमण हुन थालेको देखिएकाले क्वारेन्टाइनमा बस्नुको महत्व र अनिवर्यातालाई दसाएको भन्दै प्रबक्ता डाक्टर देवकोटाले कोरना भाइरसबाट बच्न क्वारेन्टाइनमा बस्नु बाहेक अरु विकल्प नभएको भन्दै गहण भएर जिम्मेबारीपूर्व क्वयारेन्टानमा बस्न आग्रह गर्नु भयो ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














