प्रथम राष्ट्रव्यापी किक बक्सिङ प्रतियोगिताको खेलाडी दर्ता तथा तौल जाँच एवं वर्गीकरण कार्य भोली र पर्सि हुने
भक्तपुर, बैशाख १६ गते
प्रथम राष्ट्रव्यापी किक बक्सिङ प्रतियोगिताको खेलाडी दर्ता तथा तौल जाँच एवं वर्गीकरण कार्य भोली र पर्सि हुने भएको छ । यही बैशाख १९ र २० गते जगातीस्थित चाईनिज ईट्टा उद्योगको एक हलमा आयोजना हुन गई रहेको सो प्रतियोगिताको तयारी स्वरुप खेल खेलाउन रिङ्ग सेटिको कार्यसँगै खेलाडीहरुको नाम दर्ता र तौल जाँच एवं ं वर्गीकरण कार्य बैशाख १७ र १८ गते हुने आयोजक समितिका अध्यक्ष कृष्णराम जाकिबन्जारले जनाएको छ । देशका सातै प्रदेशबाट १२० भन्दा बढी खेलाडीहरुको सहभागितामा ११ विधामा हुने सो प्रतियोगिताका विजेताहरुलाई आकर्षण नगद पुरस्कारको पनि घोषणाको तयारी भएको उहाँले बताए । नगद पुरस्कार भोली साँझ सम्ममा हुने छ अध्यक्ष जाकिबन्जारले बताए ।
भक्तपुरमै पहिलोपटक आयोजना हुन गईरहेको राष्ट्रव्यापी किक बक्सिङ्ग प्रतियोगिताले खेलको विकास र खेलाडीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको क्षमतावृद्धि गर्ने उदेश्य लिएको उहाँले बताए । जतिसुकै खेलाडी प्रतियोगितामा सहभागि भए पनि खेल अवधीभर खाने र बस्ने आयोजक समितिले ब्यवस्था गरेको उल्लेख गर्दै खेलाडीहरुलाई रु. २ लाखसम्मको विमाको पनि व्यवस्था रहेको बताए । किक बक्सिङ खेल आक्रामक र हिंस्रक देखिएपनि तालिम प्राप्त खेलाडीहरु बीच हुने भएकाले प्रतियोगिता अनुशासित र सयमित हुने उहाँले बताए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













