अन्तर्राष्ट्रिय महिला दिवसमा भसासकाे ७५ अाैं श्रृङ्खला

अन्तर्राष्ट्रिय महिला दिवसमा भसासकाे ७५ अाैं श्रृङ्खला
भक्तपुर,
११५ अाैं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे दिन भक्तपुर साहित्यिक समाजले अाफ्नाे २५ अाैं स्थापना दिवसकाे अवसरमा नियमित घुमन्ते साहित्यिक श्रृङ्खलाकाे ७५ अाैं संस्करण भक्तपुर बालकाेटस्थित मेरीगाेल्ड ईङ्गलिश बाेर्डिङ स्कूलमा सम्पन्न गरेकाे छ ।
उक्त साहित्य वाचन कार्यक्रममा वरिष्ठ साहित्यकार देखि कनिष्ठ स्रष्टा,सर्जक तथा स्कूलका छात्रछात्राहरूले समेत कविता, मुक्तक, गजल, गीत, लघुकथा अादि मार्फत् नारी उत्पिडनका कथाहरू, समानताका अावाज, हकहितका अावाजलाई बुलन्द गरे । कार्यक्रम प्रस्तुतिकाे क्रममा भसासका कार्यसमिति सदस्य सुलाेचना सैंजुले उक्त कार्यक्रम सम्पूर्ण महिलाहरूमा समर्पित रहेकाे जानकारी गराए । रचना वाचन गर्नु हुनेमा सुशिला प्रधानाङ्ग, वसन्त नकर्मी, गुहेश्वरी शाक्य, सूर्यलक्ष्मी भाेमी, राजेन्द्र चित्रकार, तेजकृष्ण श्रेष्ठ, सुलाेचना सैंजु, लक्ष्मी थापा, जुनु घिमिरे, श्याम माकजु, सुरेश राजभण्डारी, प्रविण जाेशी, राजु खड्का, शाेभा सरभ, भेषराज अधिकारी, सुन्दर लाल श्रेष्ठ, धर्म श्रेष्ठ, सुजित गुरूङ्ग, पल्लवी अधिकारी, शाेभित अाचार्य, अाकाश कार्की, अाशिका श्रेष्ठ, सुनिता पाेखरेल, प्रविशा मैनाली, रविन्द्रराज थापा, अाशुताेष पाेखरेल, ईशान सिटाैला, स्नेहा गाैतम, दिपिशा थापा, अग्रता पाेखरेल, सुमिरन सापकाेटा, एलिशा गुरागाईं र श्रेयषि पाैडेल रहेका छन् ।
कार्यक्रमकाे अन्तमा समाजका अध्यक्ष राजुराम मुनंकर्मीबाट श्रृङ्खलाकाे सफल व्यवस्थापनकाे लागि अाभार प्रकट गर्दै उक्त स्कूललाई कदरपत्र प्रदान गरिएकाे थियाे भने कदरपत्र ग्रहण गर्नु हुँदै स्कूलका प्रिन्सिपल भुवनलाल श्रेष्ठले यस्ता कार्यक्रमले छात्रछात्राहरूलाई साहित्यप्रति अभिरूचि राख्ने वातावरण श्रृजना भई भविष्यमा सफल साहित्यकार बन्न प्रेरणा मिल्ने बताउनुभयाे ।