भक्तपुर चैत्र १४ गते
विश्वव्यापी फैलिएको कोरना भाइरसको जोखिम न्यूनिकरणका लागि भक्तपुरमा पूर्वतयारी स्वरुप ४ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । भक्तपुरका चार वटै नगरपालिकाहरुले सञ्चालनमा ल्याएका एम्बुलेन्स मध्ये एक एक वटा एम्बुलेन्सलाई कोरना भाइरस संक्रमति विरामी बोक्न सकिने गरी सुरक्षा व्यवस्था मिलाएको छ भने विरामीलाई सुरक्षित ओसार प्रसार गर्ने तरिकाहरुको पनि प्रशिक्षण दिएको छ । भक्तपुरमा रहेका एक दर्जन सरकारी तथा निजी अस्पतालहरुका चिकित्सकहरुलाई पनि पिपिए, एन नाइन्टिफाइभ माक्स र भाइरस नासक स्प्रे पनि एक एक ठान वितरण गरिएको छ । भक्तपुर नगरपालिकाले भने नगरवासीलाई लकडाउनको समयमा घरबाहिर नहिड्न आग्रह गर्दै नगरको सार्वजनिक ठाउँ, बाटो र गल्लि गल्लिहरुमा समेत किटनासक औषधी छर्कन थालेको छ । मुख्य मुख्य टोल टोलमा सावुन पानी समेत व्यवस्था गरेको छ । विदेशबाट आएकाले स्वनियन्त्रित क्षेत्रमा बसि नियमित आफ्नो स्वास्थ्य जाँच गरी त्यसको रिर्पोट समेत अनलाइनबाट नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा दिने व्यवस्था गरिएको छ भने सर्वसाधारणलाई अतिआवश्यक उपभोग्य वस्तु खरिदको लािग जिल्ला प्रशासन कार्यालयले भक्तपुर उद्योग वाणिज्य संघसँगको समन्वयमा विहान ४ बजे देखि ७ बजेसम्म र साँझ ६ बजे देखि ७ बजेसम्म सुरक्षित रुपले बजार व्यवस्थापन गर्न आग्रह गरिएको छ । विदेशबाट आएकालाई राख्न बनाएको खरिपाटि क्वारेन्टाइनमा हाल ९६ जनालाई जोखिम व्यवस्थापन गरी राखिएको छ । राजधानीसँगैको भक्तपुर जिल्लामा संभावित संक्रमण र संक्रमितको उपचार एवँ व्यवस्थापनको लागि बढी भन्दा बढी क्वारेन्टाइन बनाउने तयारी छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरका अस्पतालहरु, सरकारी कार्यालय, होटल, विद्यालयहरुमा समेत गरी जति सकिन्छ त्यति बढी क्वारेन्टाइन र आइसोलेशन कक्षहरु स्थापना गर्न जोड दिइ अध्ययन भइरहेको छ । भक्तपुर रेडक्रसले पनि रक्तसञ्चार सेवा र एम्बुलेन्स सेवालाई लकडाउनको समयमा पनि कुनै कमि नहुने हिसावले चालकहरुलाई पिपिए र भाइरसनासक स्पे्र सहित परिचालन गरिएको छ । कोरियन अस्पतालमा केही ल्याव स्थापना गरी कोरना भाइरस परीक्षण गर्ने भनिए पनि भक्तपुर मै कोरना भाइरसको परीक्षण ल्यावको संभव नभएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले लक्षण देखिएका ६ जनाको काठमाण्डौमा परीक्षण सम्पन्न गराउँर्दा कोरना नेगेटिभ देखिएको भन्दै लक्षण देखिएका अन्य ४ जनाको पनि स्वाप परीक्षणको क्रममा रहेको बताए । भक्तपुरमा कोरना भाइरसको जोखिम उच्च छ तर आतिहाल्न नपर्ने भए पनि सुरक्षित व्यबहार अनिवार्य रहेको सरोकारवाला निकायले जोड दिइरहेको छ । अतिआवश्यक काममा घर बाहिर जानुपर्नेका लागि जिल्ला प्रशासन कार्यालयले हरेक दिन विहान १० बजे देखि १२ बजेसम्म पास लिन सकिने गरी ब्यवस्था गरेको छ । यसै गरी जिल्ला प्रहरी परिसरबाट पनि नागरिकलाई आवश्यक पासको ब्यवस्था गर्दै मुख्य मुख्य चोक तथा टोल टोल प्रहरी चेक जाँच पोस्ट राखि कोरना भाइरसको जोखिम न्यूनिकरण गर्दै आएको छ ।
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...













