भसासले गर्याे रक्तदान कार्यक्रम
भक्तपुर,
साहित्यिक फाँटमा अनवरत रूपमा लागिरहेकाे संस्था भक्तपुर साहित्यिक समाजले यसपटक मानविय सेवाका लागि गरिने रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकाे छ । संस्थाकाे २५ अाैं स्थापना दिवसकाे अवसरमा भक्तपुरकाे स्थानीय ठूलाे व्यासी -२ भक्तपुरमा ब्लाेदान भक्तपुर जिल्लाकाे सक्रिय सहयाेग र सहकार्यमा अायाेजित उक्त रक्तदान कार्यक्रममा रक्तदाताहरूकाे उल्लेखनिय सहभागिता रहेकाे थियाे । भसासका अध्यक्ष राजुराम मुनंकर्मीले रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गर्नुहुँदै धन्यबाद ज्ञापन गर्नुभयाे । साथै संस्थाका पदाधिकारी तथा सदस्यहरू, ब्लाेदान भक्तपुर शाखा परिवार, नेपाल रेडक्रस साेसाइटी, रक्तसञ्चार केन्द्र, भक्तपुर, गैसस महासंघ, भक्तपुर, नेपाल पत्रकार महासंघ, भक्तपुर र स्थानीय वासिन्दाहरूप्रति पनि कृतज्ञता ज्ञापन गर्नुभयाे । कार्यक्रमकै क्रममा संयाेजक वसन्त नकर्मीले संस्थाकाे २५ अाैं स्थापना दिवस मनाउने सम्वन्धमा याे रक्तदान कार्यक्रम पहिलाे भएकाे बताउनु हुँदै क्रमश: अन्य कार्यक्रमहरू पनि गर्दै जाने र दाेस्राे कार्यक्रमकाे रूपमा यही माघ २६ गते शनिबार दिनकाे १२.१५ बजे मेरिगाेल्ड स्कूल, बालकाेट, भक्तपुरमा घुमन्ते साहित्यिक श्रृङ्खला गरिने बताउनुभयाे ।


















