“बेवारिसे अवस्थामा विभिन्न हातहतियारको राउण्ड फेला”

“बेवारिसे अवस्थामा विभिन्न हातहतियारको राउण्ड फेला”
जिल्ला प्रहरी कार्यालय भक्तपुरले “बेवारिसे अवस्थामा विभिन्न हातहतियारको राउण्ड फेला” पारेको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली स्थित मनहरा सुकुम्बासी बस्तीको सडक छेउमा बेवारिसे अवस्थामा ५ राउण्ड ३०३ राईफलको गोली र २ राउण्ड एस.एल.आर.को गोली गरी जम्मा ७ (सात) राउण्ड गोली छ भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी टोली खटी गई रित पूर्वक बरामद गरी थप अनुसन्धान कार्य भई रहेको भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेजुले जनाएको छ । यसै बीच भक्तपुर प्रहरीले “कारागारबाट भागेका कैदी नियन्त्रणमा” लिएको छ । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ६ बेसिटोल स्थितबाट Gen Z आन्दोलनको क्रममा जगन्नाथदेवाल कारागार कार्यालय काठमाण्डौबाट फरार भएका जबरजस्ती करणी मुद्दाको कैदी जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ बस्ने बर्ष २९ को निरज तामाङलाई प्रहरी प्रभाग खरिपाटी भक्तपुरबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएकोमा निजलाई सम्बन्धित कारागार पठाइएको सूचना अधिकारी जवेजुले जनाउको छ ।