पठेघरको मुखको क्यान्सर विरुद्ध चानपामा नगर स्तरीय अभिमुखिकरण सम्पन्न
भक्तपुर, माघ १४ गते
दैनिक ४ जनाको मृत्यु हुने तथ्यांग रहेको पाठेघरको मुखको क्यान्सर रोकथामकलागि चाँगुनारायण नगरपालिकामा अभिमुखिकरण सुरु भएको छ । पाठेघर घरको मुखको क्यान्सर विरुद्धको एच।पि।भि।खोप अभियान तथा नियमित खोपमा सुरुवात सम्बन्धी स्थानीय तह स्तरीय खोप समन्वय समितिको अभियमुखीकरण तथा वहस पैरवी बैठक चाँगुनारायण नगरपालिकामा आज सम्पन्न भएको हो । स्वास्थ्य शाखा चाँगु नारायण नगरपालिकाले आज नगरपालिकाको सभाहलमा आयोजित सो बैठकको अध्यक्षता गर्दै नगर प्रमुख जीवन खत्रीले क्यान्सर रोग दिनप्रतिदिन समाजमा बढि रहेको र यस रोगलागेका व्यक्ति समाजिक र आर्थिक रुपले दयनिय अवस्थामा पुग्ने गरेको बताए । नगर प्रमुखले भने त्यस्तो व्यक्तिलाई चाहेर पनि सहयोग गर्न नसकिरहेको बेला सरकारले ल्याएको यो खोप अयिभानले भोलिको पुस्तालाई सुरक्षित गनेर्छ । त्यसैले विद्यालय बाहिर र भित्र रहेका किशोरीहरुलाई अनिवार्य रुपमा यो खोप दिन आवश्यक तयारी गरौं । एच।पी।भि। खोप अभियान चाँगुनारायण नगरभित्र नगरस्तरीयपछि वडास्तरसम्म पनि अभिमुखिकरण गर्दै थप पूर्वतयारीका साथ सबै मिलेर कोही पनि नछुट्ने र बंचित नहुने गरी अनिवार्यरुपमा खोप लगाउने ब्यवस्था गर्न नगरप्रमुख खत्रीले आग्रह गर्नु भयो ।




जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले एच। पि।भि खोप भनेको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप भएको बारे आम समुदायमा राम्ररी जानकारी दिएर तोकिएका किशोरीहरुलाई अनिवार्य रुपमा यो खोप दिन तयारी गर्नुपर्नेमा जोड दिनु भयो । पाठेघरको मुखमा हुने विभिन्न क्यान्सरहरु मध्ये दोस्रो उच्च संक्रमणलाई रोक्न यो खोप प्रभावकारी रहेको उहाँले बताउनु भयो । यो परिक्षण नभई, विभिन्न देशहरुले कार्यान्वयन गरी सकेको खोप भएकाले नेपाली किशोरीहरुकालागि यो प्रभावकारी हुनेमा कुनै संखा नभएको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुम्मेगाईले पाठेघरको मुखमा क्यान्सर संक्रमणबाट वार्षिक ४ हजार महिलाहरुको मृत्यु हुनु गम्भिर भएको उल्लेख गर्दै उहाँले साधन श्रोतको अभाव भएका विद्यालय बाहिरका, शिक्षा, स्वास्थ्यको पहुँच नपुगेका वा जनचेतनाको अभावले खोप छुट्न सक्ने भएकाले यसलाई चुनौतिको रुपमा लिएर खोपको महत्व र खोप दिने कार्यक्रम बारे लक्षित वर्गलाई राम्ररी बुझाउनुपर्नेमा जोड दिनु भयो । ९८ देखि सत प्रतिशतसम्म सुरक्षित मानिएको एच।पि।भि खोप अभियान सफल पार्न सबैले पहल गर्नुपर्नेमा जोड दिनु भयो ।
विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, स्थानीय जनप्रतिनिधी एव। विभिन्न विद्यालयका प्रतिनिधी एवं स्वास्थ्यकर्मी तथा पत्रकारहरुको सहभागितामा भएको सो कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दिलिप कुमार दुवालले चाँगुनारायण नगरपालिकाका वडा नं। १ देखि ९ सम्मका २९ सय ४४ जना किशोरीहरुलाई लक्षित गर्दै यसै माघ महिना भित्र एच।पि।भि। खोप दिने गरी वडास्तरमा अभिमुखिकरण हुने बताउनु भयो । भट्टामा काम गर्न आएका, डेरामा बसेका वा बाहिरबाट आएका किशोरीहरुलाई पनि नछुट्ने गरी खोप दिने तयारी भएको जानकारी दिदै शाखा प्रमुख दुवालले स्थानीय जनप्रतिनिधीहरुको सहयोगले खोप अभियान फाल्गुण ६ गतेसम्म हुने भएपनि यसै माघ महिनाभित्र सम्पन्न गर्न सकिने विश्वास व्यक्त गर्नु भयो ।
चाँगुनारायण नगरपालिकाका वडाध्यक्षहरु गणेश त्यात, धनबहादुर लामा, सोम प्रधान, रोजबहादुर तामाङ्ग सहितका जनप्रतिनिधीहरुको सहभगिता र अन्तरक्रियामा भएको सो अभिमुखिकरणमा स्वास्थ्य शाखा चानपाका बलराम तिमल्सेनाले सहजिकरण गर्नु भयो ।
नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्ध कक्षा ६ देखि १० सम्म वा ११ देखि १४ वर्षसम्मका किशोरीहरुलाई यो खोप अभियान यसै माघ २२ गतेबाट सुरु गर्दै छ ।
यो अभियान सफल पार्न स्वास्थ्य साखा चाँगुनारायण नगरपालिकाले ६८ जना स्वास्थ्यकर्मी, १३६ स्वय्मसेवक परिचालन गरी नगरका ४८ वटा विद्यालयहरुमा खोप केन्द्र स्थापना गरिने छ भने अन्य १९ स्थानमा पनि खोप केन्द्र राखि यहि माघ २२ गते एक्कै साथ नगरभरी एच.पी. भि. खोप सञ्चालन गरिने तयारी गरेको छ ।














