भक्तपुर औद्योगिक क्षेत्रबाट ध्वनी, धु“वा र रसायन प्रदुषण फाल्ने टेक्स्टाइल र डाईंग लगायत उद्योगको दर्ता खारेजी सम्वन्धमा कर्मचारीहरुद्धारा प्रमुख जिल्ला अधिकारीलाई निवेदन पेश
भक्तपुर १६ मंसिर । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई भक्तपुर औद्योगिक क्षेत्रको ध्वनी, धुवा“–धुलो र दृष्य प्रदुषण बारेमा भक्तपुर नगरपालिकाका कर्मचारीहरुको तर्फबाट करिब ४०० जनाको हस्ताक्षरको निवेदन नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका एकाई समितिका अध्यक्ष गौतम प्रसाद लासिवाले जिल्ला प्रशासन कार्यालयमा पेश गर्नु भयो । उक्त ज्ञापन पत्रमा एशोसिएसनका दिलकृष्ण माक, रामकृष्ण प्रजापति, विकास प्रजापति र रज्जु बैद्यको सहभागी रहेको थियो ।
ज्ञापन पत्र बुझाउदै अध्यक्ष लासिवाले साना औद्योगिक क्षेत्र यह“ँका किसानहरुसंग सस्तोमा जग्गा अधिग्रहण गरी परम्परागत सीपलाई व्यवसायीक रुप दिन भक्तपुर साना उद्योग क्षेत्र स्थापना भएको बताउदै हाल उक्त क्षेत्रमा डाईङ, टेक्साटाई, प्लाष्टिक उद्योग र रङ कारखानाले गर्दा धुवा, धुलो र ध्वानी प्रदुषणले स्थानीय जनतालाई मार्का परेकै छ तर संगै रहेको भक्तपुर नगरपालिकाको भवन र त्यहा“ कार्यरत करिव चार सय कर्मचारी र दैनिक सयौंमा आउने सेवाग्राहीलाई समस्या परेको छ भने कर्मचारीहरुले शान्त र सुन्दर वातावरणमा कार्य गर्न नपाउदा सेवाग्रहीहरुलाई समस्या परेको साथै २०५७ जेठ २ गते सरोकारवालाहरुको बैठक बसी त्यस्ता उद्योगहरु हटाउने निर्णय भएको थियो भने २०७३÷०७४ को बजेत बक्तव्यमा समेत काठमाण्डौं उपत्यका बाहिर स्थानान्तरण गर्ने घोषणा भएको बताउनु भयो ।
उद्योगहरुबाट जनस्वास्थ्यमा हानी भइरहेको पीडित जनता दिनभरि नै ५–६ रेक्टरको भूकम्प गएको जस्तो कम्पनको पीडामा छन् भने विद्यालय र कलेज बन्द रहेको बेला विद्यार्थीहरुको अनलाइन कक्षा र स्वअध्ययनमा समेत बाधा पुगरिहेको निमित्त श्यानिटेशन उपशाखा प्रमुख वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो । छ ।
निवेदनको पुरा विवरण निम्न अनुसार छ ।
मति ः २०७७ मंसिर १४ गते ।
श्री प्रमुख जिल्ला अधिकारीज्यू,
जिल्ला प्रशाशन कार्यालय, भक्तपुर ।
विषय ः भक्तपुर औद्योगिक क्षेत्रबाट ध्वनी, धु“वा र रसायन प्रदुषण फाल्ने टेक्स्टाइल र डाईंग लगायत उद्योगको दर्ता खारेजी सम्वन्धमा ।
१) नेपाल सरकारले वि.सं. २०३६ सालमा मित्र देश जर्मनीको सहयोगमा स्थानीय किसानहरुको जग्गा अधिग्रहण गरी यहांको परम्परागत सीपलाई व्यवसायीक रुप दिन भक्तपुर साना उद्योग क्ष्ँेत्र स्थापना गरेको हो । यो यथार्थ औद्योगिक क्ष्ँेत्र व्यवस्थापन लिमिटेडको स्मारिका २०७५ को पृष्ठ ८६ र ८७, औद्योगिक क्ष्ँेत्र व्यवस्थापन लिमिटेडको संक्षिप्त झलक साउन १, २०७५ को पृष्ठ १६ र भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको संक्षिप्त झलक २०७५ मा स्वीकार गरिएको छ ।
२) भक्तपुर औद्योगिक क्षेत्रका उद्योगबारे मिति २०५७ जेठ २ गते भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तत्कालीन प्रमुख प्रेम सुवाल र सम्बन्धित वडाध्यक्ष रविन्द्र खर्बुजा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्ले, भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख रत्नहरी गौतम, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि डीएसपी तिलकबहादुर श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद ताम्राकार र पीडित जनता बीच भएको बैठकबाट यस क्षेत्रमा रहेको ध्वनी, धुवा“ र रसायन प्रदुषण फाल्ने टेक्सटाइल, डाइड्ड जस्ता उद्योगहरु हटाउने निर्णय समेत भएको व्यहोरा अनुरोध छ । औद्योगिक व्यवसाय ऐन २०७३ को दफा ३ को उपदफा ६ मा उद्योग संचालनका क्रममा वातावरणमा परेको वा पर्न सक्ने प्रतिकूल वातावरणीय असरको निराकरण गर्नुपर्ने स्पष्ट उल्लेख छ । भक्तपुर नगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड २०६० को ३.१.५ मा भक्तपुर औद्योगिक क्षेत्रमा ध्वनी धुवा“, रसायन, वातावरण र अन्य प्रदुषण मूलक उद्योग संचालन गर्न नपाइने स्पष्ट उल्लेख छ । नेपाल सरकारको आ.व. २०७३।७४ को वजेट वक्तव्यमा काठमाडौं उपत्यकाका औद्योगिक क्षेत्रहरु काठमाडौं उपत्यका बाहिर स्थानान्तर गर्ने, भक्तपुर नगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड २०६० को ३.१.५ मा भक्तपुर औद्योगिक क्षेत्रमा ध्वनी धुवा“, रसायन, वातावरण र अन्य प्रदुषणमूलक उद्योग संचालन गर्न नपाइने स्पष्ट प्रतिवद्धता छ ।
३) मानव बस्तीबीचमा परेको यो उद्योग क्षेत्रमा कानुनी बन्दोवस्त र नगरपालिकाको निर्णय विपरीत संचालित उल्लिखित उद्योगहरुबाट विश्व सम्पदा सूचीभित्रको भक्तपुर दरवार क्षेत्र, ब्यासी, खौमा, शहीद उद्यान, शहीद स्मृतिखेल मैदान, कालदह लगायतका ठाउंमा बसेका हजारौं मानिसलाई ध्वनी, धुवा“, रसायन प्रदुषण फाल्ने कृति टेक्स्टाइल्स इन्टरप्राइजेज प्रा.लिमा ५६ ओटा स्वचालित टेक्स्टाइल मेशिन र काठमाडौं उपत्यकाभित्र राख्न नपाउने प्रदुषण फाल्ने डाईंगसमेत सञ्चालन भइरहेको, नेपो इन्डष्ट्रिज प्रा.लि.मा २८ ओटा स्वचालित टेक्स्टाइल मेशिन सञ्चालन भइरहेको, घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा पश्मिना, सल, स्वेटर उत्पादन गर्न दर्ता भएको मेमोर्स इण्डस्ट्रिजमा यस क्षेत्रको जग्गामा बनेको भवनमा अन्य व्यक्तिलाई प्रयोग गर्न दिन नहुने र तोकिएको उद्देश्य विपरीतको कार्य गर्न नहुने सम्झौताको शर्त उलंघन गराई सरदारजी भन्ने अर्को व्यक्ति (कालो रंगको कार बा १३ च ४७१७ मा आउने) लाई १८ ओटा स्वचालित टेक्स्टाइल मेशिन संचालन गराइरहेको, अरुणा टेक्स्टाइल प्रा. लि.मा १४ ओटा स्वचालित टेक्स्टाइल मेशिन संचालन भइरहेको, शिवबाबा टे. प्रा. लि. को २५ ओटा स्वचालित टेक्स्टाइल मेशिन ईशान फेव्रिक इण्डस्ट्रिजमा दर्जनौ स्वचालित टेक्स्टाइल मेशिन संचालन भइरहेको, पशुपति फेव्रिक इण्डस्ट्रिजमा दर्जनौ स्वचालित टेक्स्टाइल मेशिन संचालन भइरहेको, वर्जर जोन्सन एण्ड निकल्सन नेपाल प्रा. लि. अति प्रज्वलनशीन रंगरोगन उत्पादनका मेशिन संचालन भइरहेको, ओम सत्यसाई प्लास्टिक उद्योग, बेष्ट प्लास्टिक इण्डस्ट्रिज, शिवा पोलिमर्श लगायत प्लास्टिक एवम् पोलिथिन व्याग बनाउने उद्योगहरुबाट जनस्वास्थ्यमा हानी भइरहेको पीडित जनता दिनभरि नै ५–६ रेक्टरको भूकम्प गएको जस्तो कम्पनको पीडामा छन् भने विद्यालय र कलेज बन्द रहेको बेला विद्यार्थीहरुको अनलाइन कक्षा र स्वअध्ययनमा समेत बाधा पुगरिहेको छ । सरकारी र सार्वजनिक सम्पत्तिबाट व्यक्तिगत लाभ उठाएका सरकारी अधिकारी र उद्योगीहरुको कारण राजस्वसमेत चुहावट भइरहेको छ । भक्तपुर नगरपालिका कार्यालय भवनसमेत यही औद्योगिक क्षेत्रस“ग जोडिएको र जिल्ला प्रशाशन कार्यालय, महानगरिय प्रहरी परिसर पनि यस औद्योगिक क्षेत्रको नजिक भएको हु“दा यहा“को ध्वनी, धुवा“ र रसायन प्रदुषणबाट झण्डै ४०० जना हामी कर्मचारीहरु र हजारौं सेवाग्राहीहरुसमेतको स्वास्थमा प्रतिकूल असर पुगिरहेको छ । मिति २०७७ कात्र्तिक १८ गते माननीय उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोत्तिलाल दुगड ज्यू र मिति २०७७ कात्र्तिक १४ गते औद्योगिक क्षेत्र व्यवस्थापन लि. केन्द्रिय कार्यालयका प्रतिनिधि सृजना श्रेष्ठ ज्यूले ध्वनी, धुवा“ र रसायन प्रदुषण फाल्ने नेपो इण्डस्ट्रिज र डाईड्ड लगायतका उद्योगहरु निरिक्षण गरिसक्नु भएको छ । उल्लिखित उद्योगहरुले फालेको प्रदुषणको स्थलगत अध्ययनमा पुगेका टोलीलाई साना उद्योग क्षेत्रका अधिकारी र सम्वन्धित उद्योगीहरुको मिलिमतोमा सबै मेशिन र डाईंग संचालन गरी नदेखाउने तर उक्त टोली फर्के लगतै मेशिन संचालन गरी प्रदुषण फाल्ने मानवता विरोधी अपराधसमेत गरिहेका छन् । तसर्थ तत्काललाई उल्लिखित ध्वनी, धुवा“, रसायन प्रदुषण फाल्ने उद्योगहरु कृति टेक्स्टाइल्स इन्टरप्राइजेज प्रा.लि, नेपो इन्डष्ट्रिज प्रा.लि., मेमोर्स इण्डस्ट्रिज, अरुणा टेक्स्टाइल प्रा. लि., शिवबाबा टे. प्रा. लि., ईशान फेव्रिक इण्डस्ट्रिज, पशुपति फेव्रिक इण्डस्ट्रिज, वर्जर जोन्सन एण्ड निकल्सन नेपाल प्रा. लि., ओम सत्यसाई प्लास्टिक उद्योग, बेष्ट प्लास्टिक इण्डस्ट्रिज, शिवा पोलिमर्श लगायतको सरकारी निकायमा दर्ता खारेजीको लागि श्रीमान प्रमुख जिल्ला अधिकारीज्यूबाट आवश्यक निर्णय गरी घरेलु तथा साना उद्योग कार्यालय भक्तपुर, उद्योग विभाग काठमाडौं, कम्पनी रजिष्टारको कार्यालय काठमाडौंमा लेखी पठाउनको लागि अनुरोध गर्दछौं । यस औद्योगिक क्षेत्रको सरकारी स्वामित्वको जग्गा र भवन भित्रभित्रै बेचबिखन भइरहेकोसमेत रोक्न औद्योगिक क्षेत्र व्यवस्थापन लि. केन्द्रिय कार्यालय काठमाण्डौ र जिल्ला कार्यालय, भक्तपुरलाई लेखि पठाउन अनुरोध गर्दछौ“ । यी प्रदुषण फाल्ने उद्योगहरुबाट जनस्वास्थ्यमा हानी पुगेका र मानव अधिकार हनन् भएका व्यासी, लायकु, खौमा, इटाछें, कालदह, मेठीबारी, शहीद उद्यान्नका पीडित जनतालाई सम्वन्धित उद्योगबाट उचित क्षतिपूर्ती दिलाउन आवश्यक सिफारिसको लागि राष्ट्रिय मानव अधिकार आयोगलाई लेखी पठाउन समेत अनुरोध गर्दछौं र यस क्षेत्रबाट ध्वनी, धुवा“ र रसायन प्रदुषण फाल्ने र मानव स्वास्थ्यलाई हानी पु¥याउने उल्लिखित उद्योगहरु अविलम्ब हटाउने व्यवस्थाको लागि हामी सम्पूर्ण कर्मचारीहरूको तर्फबाट यो संयुक्त निवेदन पेश गर्दछौ“ । बोधार्थ तथा कायार्थ
श्री प्रधानमन्त्री कार्यालय, सिंहदरवार, काठमाण्डौ । श्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरवार, काठमाण्डौ । श्री भक्तपुर नगरपालिका, भक्तपुर । श्री उद्योग बिभाग काठमाण्डौ । श्री औद्योगिक क्षेत्र व्यवस्थापन लि. केन्द्रिय कार्यालय बालाजु, काठमाण्डौ । श्री औद्योगिक क्षेत्र व्यवस्थापन लि. कार्यालय, भक्तपुर ।
तपसील सि.नं. नाम थर हस्ताक्षर











