सरकारले आजबाट सातै प्रदेशमा रेबिज इम्युनोग्लोबुलिन सेवा विस्तार गरेको छ । रेबिजविरुद्धको खोपलाई प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म पुर्याउने रणनीतिका साथ आजबाट सातै प्रदेशमा यो सेवा विस्तार गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले सात ओटै प्रदेशको ९ वटा अस्पतालबाट रेबिज इम्युनोग्लोबुलिनको सेवा विस्तार गरिएको बताउनुभयो । सन् २०३० सम्ममा विश्वमै रेबिजबाट हुने मानव मृत्यु शुन्यमा झार्ने लक्ष्यका सरकारले मुलुकको एक मात्रै अस्पतालमा रहेको सेवा अब देशभर विस्तार गरिएको उहाँको भनाइ छ । प्रदेश नं. १ को कोशी अस्पताल, विराटनगर, प्रदेश नं. २ को जनकपुर प्रादेशिक अस्पताल, धनुषा र नारायणी अस्पताल, पर्सा, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा, भरतपुर अस्पताल, चितवन, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल, बुटवल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल,सुर्खेत र सुदूरपश्चिम प्रदेशको सेति प्रादेशिक अस्पताल, धनगढी गरि सात प्रदेशको ९ वटा अस्पतालबाट रेबिज इम्युनोग्लोबुलिनको सेवा प्रदान गरिने छ । प्रवक्ता डा.पौडेलले तोकिएका ९ ओटै अस्पतालमा गएर यो सेवा लिन सकिने पनि बताउनुभयो । रेबिज इम्युनोग्लोबुलिन एएक प्रकारको औषधि हो, जुन रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरीपरी सुइको माध्यमले लगाइन्छ । यो सुई एक पटक लगाए जीवनभरलाई पुग्ने पनि डा.पौडेलले बताउनुभयो । सरकारका अनुसार अस्पताल आउनेको तथ्याङ्कका आधारमा रेबिजका कारण वर्षेनि १५ देखि ३६ जनाको मृत्यु हुने गरेको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














