भक्तपुरको सम्यक महादान पर्वको तयारी अन्तिम चरणमा ।
भक्तपुरको ऐतिहासिक सम्येकदान पर्व सदा झै यस वर्ष पनि माघ १ गते भक्तपुरको थथु बहीमा आयोजना गर्ने भएको छ । सम्येकदान गुठीले आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत सो पर्वको तयारी र विशेषताहरु एवं समस्या र गुनासाहरुको पत्रकारहरु समक्ष जानकारी दिएका छन् । ३ सय वर्ष भन्दा पूरानो यस वर्ष हरेक वर्ष माघ १ गते संक्रान्तिका दिन भक्तपुर नगरपालका वडा नं १स्थित जयकीर्ति महाविहार (थथुबही) प्रांगणमा मनाउंदे आएको छ । यस वर्ष २ हजार जनालाई सम्येकदान गर्ने तयारी स्वरुप एक हप्ता देखि पुरी, लडु सहित विभिन्न परिकारहरु बनाउन थालेको आयोजक समितिले जनाएको छ । पुसको अन्तिम दिन भक्तपुरका ऐतिहासिक ५ दिपंकरहरुलाई निम्तो दिएर माघ १गते थथुबहीमा परम्परागत सम्येकदान पर्व मनाउने आयोजकहरुको तयारी छ । काठमाण्डौ र अन्य स्थानहरुमा १२ वर्षको फरकमा मात्रै सम्येकदान गर्ने परम्परा रहे पनि भक्तपुरमा सम्येदान गुठी मार्फत हरेक वर्ष माघ १ गतेका दिन यो पर्व मनाउंदै आएको छ ।




सो पत्रकार सम्मेलनमा वितरित विज्ञप्ति
प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिन भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा हुने बौद्ध परम्परा अनुसारको सम्यक महादान पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । प्रत्येक वर्ष सम्यक संघ भोजनदान पर्वको सञ्चालन चतुब्र्रम्ह महाविहार अन्तरगतको तधिछे“ खल हाल सम्यक महादान व्यवस्थापन सहयोग समितिले गर्दै आएको छ । यस वर्ष पर्व सम्पन्न गर्ने पालो सप्त चन्द्र बज्राचार्य लगायत वहांको परिवारको रहेको छ । पर्व सम्पन्न गर्ने पालो परेको परिवार जयकीर्ति महाविहारमा हप्तादिन अघिदेखि नै बसोबास गरी पर्वको लागि चाहिने विशेष प्रकारको पुरी, लड्डु तयार पर्ने लगायत अन्य चाजोपाजो मिलाउने कार्यमा व्यस्त रहने गर्दछ । यस वर्ष पर्व अवलोकन गर्ने लगायत सम्यक दान लिने बौद्ध धर्मावलम्बिहरु अघिल्लो वर्षहरुमा भन्दा बढि हुने अनुमान रहेको र तयारी पनि सोही अनुरुप भईरहेको छ ।
काठमाडौं उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा ३५० वर्ष भन्दा पहिलेदेखि बौद्ध धर्म परम्परा अनुसार सम्यक महादान पर्व निरन्तर चल्दै आएको छ । भगवान दिपंकर बुद्धलाई अनुसरणगर्दै काठमाडौंमा प्रत्येक १२ वर्षमा एक पटक, ललितपुरमा प्रत्येक ५ वर्षमा एक पटक र भक्तपुरमा प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिनमा सम्यक महादान पर्व मनाउदै आएको छ । प्रत्येक वर्ष तधिछे“ खल भित्रको परिवारमा जेष्ठताक्रमले पर्व सञ्चालन गर्ने पालो जाने र पालो पर्ने खलकले सम्यक संघ भोजन दान र गुठीसंग सम्बन्धित धेरै कार्यहरु सम्पन्न गर्नु पर्ने हुन्छ । तधिछे“ खलका सम्पूर्ण परिवार सम्मिलित भई हाल सम्यक महादान व्यवस्थापन सहयोग समिति गठन भएको छ र विभिन्न पर्वहरु लगायत गुठीका अन्य गतिविधिहरु समितिबाट नै व्यवस्थित गर्दै आएको छ ।
सम्यक महादानका क्रममा जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा चतुब्र्रम्ह महाविहार संघका कुल देवता श्री हेबज्र नैरात्मालाई सबभन्दा पहिले भोजन दान गरिने परम्परा रहेको र त्यस पश्चात् लहरै मूल दिपंकर, बाहाछे दिपंकर, झौरबही दिपंकर, थथुबही दिपंकर र कुथुबहि दिपंकरलाई भोजन चढाउने गरिन्छ । संगै क्रमवद्ध रुपमा विराजमान गराईएका चार वटा सम्यक द्यो (सुवर्ण दिपंकरको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मुल गुरुजु, गुरुजूहरु त्यस संगै लामवद्ध भएर बसेका सयौं बज्रँचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरुलाई सम्यक दान दिने परम्परा रहदै आएको छ ।
सम्यक महादान पर्वमा दान गर्ने वस्तुहरु निम्न अनुसार छन् ः
गेडागुडीको परिकारहरु ः १. गोमाय्, २. बालामाय्, ३. ह्याउंमाय्, ४. गोमू, ५. कसू, ६. तुइमुस्या, ७. मस्यांचा, ८. जरिग्व, ९. कोल, १०. भुति
सागसब्जीहरु ः १. इकंचा, २. मिच, ३. म्हुकं, ४. चिम्हुकं, ५. वाकंचा, ६. सकिमुग, ७. स्वांचा, ८. कलांचा, ९. आमलि, १०. कछें, ११. कच, १२. सिमल, १३. पाछैचा, १४. मिच
मिठाई ः १. लड्डू, २. पुरि, ३. घ्योचाकू, ४. पंचपकुवान, ५. चतामरि दुई वटा, ६. माय् व एक वटा
फलफूल ः १. देलचा, २. बल, ३. सतबेल, ४. अम्ब, ५. चयपि, ६.खयपि, ७. तु
धौ दुरु ः १. धौ, २. दुरु
मिठाई ः मसिप्वः
भक्तपुर दरवार क्षेत्रसंगै रहेको प्रसिद्ध चतुब्र्रम्ह महाविहारका संघ सदस्य जयरत्न बज्राचार्यले नेपाल सम्वत् ७८७ मा आफ्ना दिवंगत पिता जयदेव बज्राचार्यको नाममा दिपंकर बुद्ध लगायत विभिन्न विहारका संघ सदस्यहरुलाई निमन्त्रणा गरेर सम्यक भोजनदान गरी यस पर्वको स्थापना गरेको प्रँमाणित इतिहास पाइन्छ । उक्त समयमा जयकीर्ति महाविहार अत्यन्तै जिर्ण अवस्थामा रहेको हु“दा जयरत्न बज्राचार्यबाटै नेपाल सम्वत ७९४ मा उक्त विहारको जिर्णाेद्वार गरी सोही वर्ष राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रुपमा सम्पन्न गरेको इतिहास पनि छ ।












