लोकेश्वर साकोसमा डल्लो साबुन बनाउने तालिम सम्पन्न

लोकेश्वर साकोसमा डल्लो साबुन बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोस
भक्तपुर, पुस २७

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २०औं स्थापना दिवसको अवसरमा महिला उपसतितिको आयोजनामा एकदिने डल्लो साबुन बनाउने तालिम सम्पन्न भएको छ । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई संस्थाका अध्यक्ष राजन जतिले प्रमाण–पत्र वितरण गर्नुभयो । तालिमको औपचारीक कार्यक्रममा बोल्दै अध्यक्ष जतिले तालिमबाट सिकेको सीपलाई आफु स“ग मात्र सिमित नाराखि निरन्तर रुपमा उपयोग गर्दै जानुपर्ने कुरा बताउनु भयो । संस्थाबाट यस्तै व्यवसायीक तालिमहरु प्रदाण गर्र्दै आएको जसबाट सदस्यहरु उद्यमी बनका लागि टेवा पुग्ने कुरा राख्नुभयो । तालिममा सहभागीहरुले संस्थाबाट ऋण लिइ व्यवसाय सुरु गरी ऋणी नभै उद्यमी बन्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो । तालिमका प्रशिक्षक चण्डेश्वरी बमनुले कार्यक्रममा बोल्दै दैनिक जिबनमा सधै उपयोगमा रहने साबुन बनाउने तालिम महिला दिदिबहिनिहरुलाई अति–आवश्यक रहेको कुरा बताउदै तालिमको महत्वको बारे चर्चा गर्नुभयो ।


आयोजक उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति सरिता खुसुले प्रशिक्ष्ाँर्थीहरुले संस्थाले संचालन गरेको उक्त तालिममा उल्लेख्य सहभागी रहेकोमा खुसी व्यक्त गर्नुभयो । संस्थाका ३५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको उक्त तालिममा संस्थाका लेखापाल शर्मिला मानन्धरले पनि बोल्नु भएको थियो ।