श्रमिक साकोसको नयाँ कार्य समिति सर्व सहमतिमा चयन
भक्तपुर, पुस २० गते
श्रमिक बचत तथा ऋण सहकारी संस्था लि.को २१ औं वार्षिक साधारण सभा र आठौ अधिवेशनबाट संस्थापक अध्यक्ष कृष्णनारायण मचामसीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमतिमा चयन गरेको छ । संस्थाको उपाध्यक्षमा ज्ञानभक्त मचामसी, सचिवमा श्रीप्रसाद तुइतुई र कोषाध्यक्षमा लक्ष्मीसुन्दर सुवाल चुनिएका छन् । यस्तै सदस्यहरुमा दिनेश ग्वाछा, विष्णुप्रसाद त्वायना, गणेशराम सुवाल, रोशन मचामसी र रामलक्ष्मी गोसाई कवां चुनिएका हुन् । भक्तपुरमा आज आयोजित सो अधिवेशनमा विजयी टिमलाई सपथ ग्रहण गराँदै निर्वाचन समितिका संयोजक नारायणबहादुर दुवालले अवसर नपाएर इमान्दार हुने भन्दा सेवा भावले काम गर्न कार्य समितिमा आउनुपर्नेमा जोड दिनु भयो । मानिसको जीवनका पैसा केही भएपनि सबै ठोक नभएको चर्चा गर्दै उहाँले बानी व्यवहार र बोली वचनले पनि हाम्रो योग्यता मापन हुने उल्लेख गर्नु भयो ।


पूर्व सांसद अनुराधा थापामगरले पानसमा दीप प्रज्वलन गरी सुरु भएको श्रमिक साकोसको वार्षिक साधारण सभामा समितिका पदाधिकारीहरुले आर्थिक, तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नयाँ नेतृत्व चयन गरेका हुन । २ हजार भन्दा बढी साधारण सदस्य रहेको श्रमिक साकोसले आज जेष्ठ सदस्यहरुलाई सम्मानित गर्नुका साथै एसईई परीक्षा उत्तिर्ण विदार्थीहरुलाई सम्मानित गरेको थियो । साथै विभिन्न तालिमका सहभागि सदस्यहरुलाई पनि प्रमाण पत्र वितरण गरियो ।
संस्थाका अध्यक्ष राजाराम गोसाईको सभापतित्वमा आयोजित सो कार्यक्रममा श्रमिक साकोसका सचिव, रामसुन्दर दुवालले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रञ्जिता गोसाईले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीसुन्दर सुवालले लेखा प्रतिवेदन प्रस्तुत गरेको सो साधारण सभामा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव जगनाथ प्रजापति, छिमेकी सहकारीहरुको तर्फबाट सिद्धि गणेश साकोसका उपाध्यक्ष विश्वराम दुमरु, श्रमिक साकोसका संस्थापक अध्यक्ष कृष्णनारायण मचामसी, सल्लाहकार गणेराम सुवाल, कानुनी सल्लाहकार विकल प्रजापति सहितका अतिथिहरुले आआफ्नो धारणा व्यक्त गरेका थिए ।













