आसापुरीका बाढी पीडितलाई उद्यमीको सहयोग
भक्तपुर, पुस २० गते
गत असोज १० देखि १२ गतेसम्म गएको पहिरोबाट पीडित सिपाडोल आसापुरी क्षेत्रका बाढी पीडित समुदायलाई भक्तपुर उद्योग वाणिज्य संघले ६० हजार बराबरको निर्माण सामग्री वितरण गर्ने भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित आसापुरी क्षेत्रमा आज संघले सो क्षेत्रका ४ जना पीडित समुदायको आवास निर्माणकालागि प्रति व्यक्ति रु. १५ हजार बराबरको निर्माण समग्री वितरण गर्ने घोषणा गरेको हो । सूर्यविनायक नगरपालिका वडा नं. ८का वडाध्यक्ष पुष्प बस्नेतको आतिथ्यतामा पीडितहरुलाई एक बोरा सिमेन्ट हस्तान्तरण गर्दै पीडितले आवास निर्माण गर्ने बेला वा चाहिएको बेला सो बराबरको निर्माण सामग्री लिन सक्ने बताउँदै संघका उपाध्यक्ष राजेन्द्र प्रजापतिले बाढीबाट धेरै क्षेत्री भएर पीडामा परेका समुदायको बीचमा थोरै भएपनि मलम लगाउने कार्य गर्न पाएको बताउनु भयो । संघका महासचिव नविन प्रजापतिले संघका पदाधिकारीहरुले एक दुई हजार जम्मा गरी भएको रु. ६० हजार पीडितहरुको आवास निर्माणमा टेवा पुर्याउन सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो । यो कुनै एनजिओ आइनजिओको पैसा होइन, संघका पदाधिकारीहरुले अलि अलि गरी जम्मा गरेको पैसा भएकाले यसलाई सहयोगको रुपमा लिइ दिन महासचिव प्रजापतिले सो अवसरमा आग्रह गर्नु भयो । कार्यक्रममा सुरक्षाकर्मी, रेडक्रसकर्मी, पहिरो पीडित तथा स्थानीय समुदायको सहभागिता थियो । गत असोजमा गएको पहिरोका कारण सूनपा ८मा धेरै धनजनको क्षति भएको उल्लेख गर्दै पीडितहरुको पुनस्र्थापना र पहिरो पन्छाउने कार्य चुनौतीपूर्ण रहेको भन्दै स्थानीय जनप्रतिनिधी बस्नेतले बडा र नगरपालिकाको अव आउने बजेटले केही महत्वपूर्ण सुधार हुने बताउनु भयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
2026-10-27 Comments Off on मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक काठमाडौं १०, असोज । नेपाली माटोको सुवास, गाउँघरको आत्मीयता र मौलिक संस्कृतिको रङ...
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
2026-10-27 Comments Off on भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न भक्तपुर, कार्तिक ७। विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको उपलक्ष्यमा आयोजित...
खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह पर्दाफास, १८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै प्रहरीद्वारा उजुरी दिन आह्वान
2026-10-27 Comments Off on खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह पर्दाफास, १८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै प्रहरीद्वारा उजुरी दिन आह्वान
खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह पर्दाफास, १८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै प्रहरीद्वारा उजुरी दिन आह्वान भक्तपुर, १०...
नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न सुनपाको निर्देशन
2026-10-26 Comments Off on नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न सुनपाको निर्देशन
नंखेल जग्गा विवादः अनाधिकृत निर्माण कार्य रोक्न सुनपाको निर्देशन भक्तपुर / सूर्यविनायक नगरपालिकाले वडा नं. ९ स्थित कित्ता नं. १३०२...
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
2026-10-26 Comments Off on चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामदभक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिकाबाट जुवातास...














