भक्तपुरमा ५को मृत्यु २ घाईते, ५६ जनाको उद्धार
भक्तपुर, असोज १२ गते
अविरल वर्षाले भक्तपुरका विभिन्न क्षेत्रमा बाढी र डुवानले ५ जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ भने २ जना घाईते भएको पनि पुष्टि गर्दै प्रहरीका सूचना अधिकारी मोहन मणीले यो अवधिमा ४१७ घर/२२४ टहरा डुवान, ५६ जनाको उद्धार गरेको जनाएको छ।
नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रहरी परिसर भक्तपुर
मिति :- २०८१/०६/१२ गते ।
प्रेस विज्ञप्ती
अविरल बर्षाको कारण भक्तपुर जिल्लामा भएको क्षती विवरण
मिति २०८१।०६।११ गते देखि २०८१।०६।१२ गतेसम्म परेको अविरल वर्षाको कारण हालसम्म भक्तपुर जिल्लाको विभिन्न स्थानहरुमा बाढी, पहिरो तथा डुवानले ५ जनाको मृत्यू, २ जना घाईते, ४१७ घर/२२४ टहरा डुवान, ५६ जना मानिसहरुको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरुको सहयोगमा उद्दार गरिएको ।
निम्न :-
अविरल बर्षाको कारण पहिरोमा परि मृत्यू हुने मानिसहरुको नामवली:
- जिल्ला कालिकोट सानी त्रिवेणी न.पा. ५ घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं. ९ सूर्यमोड बस्ने बर्ष २४ की बमिला शाही । (९ महिनाको गर्भ रहेको )
- ऐ.ऐ. घर भई ऐ.ऐ. बस्ने बर्ष १४ की मनिषा शाही ।
- ऐ.ऐ. घर भई ऐ.ऐ. बस्ने बर्ष ४ की श्रीया बम । (पोष्टमाटर्मको लागि काठमाण्डौं मेडिकल अस्पताल दुवाकोट, भक्तपुर लगिएको ।)
- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं. ८ आशापुरी बस्ने वर्ष ५० की मसली तामाङ ।
- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. वडा नं. ८ आशापुरी बस्ने वर्ष ३७ की मनु तामाङ ।
अविरल बर्षाको कारण पहिरोमा परि घाईते हुने मानिसहरुको नामवली: (उपचार )
- जिल्ला भक्तपुर सूर्यविनायक बालकोट गोदावारी पुलमा वर्ष ३९ की लालु सरादारलाई खोलाले बगाएको अवस्थामा घाईते भई उद्दार गरी भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भईरहेको ।
- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. ५ गुण्डु बस्ने वर्ष ७१ को सानु तामाङलाई धोवीखोलाले बगाई घाईते भई उद्दार गरी भक्तपुर अस्पतालमा उपचार भईरहेको ।
अविरल बर्षाको कारण क्षती भएको विवरण:
- जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ३ दाहालगाँउमा विन्दामाया खड्काको टहरामा पहिरो आई भित्ता भत्केको, घरको सामानहरु सुरक्षित स्थानमा सारिएको ।
- जिल्ला भक्तपुर भक्तपुर ना.पा. ४ राममन्दिर देखि भ.ना.पा. १ डा. ईवामुरा अस्पताल आसपासको एरिया डुवानमा परेको ।
- जिल्ला भक्तपुर भक्तपुर न.पा. ४ राममन्दिर एरियाका ८ वटा पसलहरु डुवानमा परेको हुँदा सुरक्षित स्थानमा सारिएको ।
- जिल्ला भक्तपुर चाँगुनारायण न.पा. ४ बुढाथोकी गाँउमा विनोद बुढाथोकीको घर पछाडी पहिरो खस्दा रुखले घर किचेको अवस्थामा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा रुख काटी पहिरो पन्छायको, घरको माथिल्लो तल्लाको कोठाको गारो पूर्ण रुपमा क्षती भएको ।
- जिल्ला भक्तपुर चाँगुनारायण न.पा. ४ प्रगतीटोल नेपाल ईन्जिनियरिङ कलेज पछाडी देवी पौडेलको घर डुवानमा परेको पानी कटान गरिएको ।
- जिल्ला भक्तपुर चाँगुनारायण न.पा. ६ सेङ्गोटोलमा बुद्ध तामाङको बुद्ध गार्डेन रिसोर्टमा माथिबाट ढिस्को झरी कम्पाउण्ड, गेट, पार्किङ एरिया क्षती भएको ।
अविरल बर्षाको कारण डुवान भएको विवरण:
- जिल्ला भक्तपुर भ.न.पा. ९ च्यामसिहं देखी जगाती सम्म १० घर ५ टहरा ।
- जिल्ला भक्तपुर सू.न.पा. ८ डोलेश्वेर दोरलाङमा ४ घर ।
- जिल्ला भक्तपुर सू.न.पा. ५ कटुन्जे घट्टेखोलामा १३ घर ।
- जिल्ला भक्तपुर भ.न.पा. ४ राममन्दिर एरियामा १० घर ।
- जिल्ला भक्तपुर भ.न.पा. १ डा.ईवामुरा अस्पताल र सैनिक स्कुल पछाडी ६० घर ।
- जिल्ला भक्तपुर भ.न.पा. १ नगरकोट मोड एरियामा ७० घर ।
- जिल्ला भक्तपुर म.ठि.न.पा. ६ राधेराधे देखी निकोसेरा सम्म १५० घर ।
- जिल्ला भक्तपुर सू.न.पा २ बालकोट गोदावरी पुल एरियामा ८५ घर र २०० जस्ताको टहरा ।
- जिल्ला भक्तपुर चा.न.पा. २ दुवाकोटमोड एरियामा १५ घर ।
- जिल्ला म.ठि.न.पा. २ दिव्श्वरी एरियामा १९ टहरा ।
- जिल्ला भक्तपुर म.ठि.न.पा. २ मनोहोरा पुल एरिया २०० टहरा ।
(डुवान परेको – ४१७ घर, २२४ टहरा)
अविरल बर्षाको कारण उद्दार गरिएको मानिसहरु :
- जिल्ला भक्तपुर भ.ना.पा. १ नगरकोट मोडमा खसाङखुसुङ खोलाबाट २ जना महिला उद्दार गरिएको ।
- जिल्ला भक्तपुर चाँ.न.पा. ७ बाँसघारीबाट २ जना महिला उद्दार गरिएको ।
- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. कौशलटारबाट ९ जना उद्दार गरिएको ।
- ऐ.ऐ. गोदावारी बालकोटबाट ७ जना उद्दार गरिएको ।
- ऐ.ऐ. सिरुटारबाट ३ जना उद्दार गरिएको ।
- ऐ.ऐ. मनोहरापुलबाट ४ जना उद्दार गरिएको । (१० म. १३ पु.)
- जिल्ला भक्तपुर भक्तपुर न.पा. ९ च्यामासिहबाट ११ जना उद्दार गरिएको ।
- जिल्ला भक्तपुर सूर्यविनायक जगाती पुलबाट ३ जना उद्दार गरिएको ।
- जिल्ला भक्तपुर भक्तपुर न.पा. ४ हनुमानघाट बाट १५ जना उद्दार गरिएको । (८ पु. ७ म.)
(उद्दार गरिएको – २७ महिला, २९ पुरुष, जम्मा ५६ जना )
भक्तपुर जिल्लामा भएका बाटो अवरोध
- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. ७ घ्याम्पेडाँडा जाने बाटोमा पाईलटवावा माथिबाट पहिरो आई बाटो अवरोध ।
- जिल्ला भक्तपुर सूर्यविनायक न.पा. ८ डोलेश्वरबाट आशापुरी जानेबाटो अवरोध ।
- जिल्ला भक्तपुर चाँगुनारायण न.पा ५ छालिङबाट तेलकोट जाने सडकमा माथिबाट पहिरो खसी बाटो अवरोध ।
- जिल्ला भक्तपुर चाँगुनारायण न.पा. ९ नालागुम्बा सडक खण्ड भासिएकोमा, हाल सुचारु ।
बाढीका कारण विस्थापित
(जिल्ला भक्तपुर मद्यपुर ठिमी न.पा.३ कौशलटार स्थित जनप्रेमी आधारभुत बिधालयमा मनहरा खोला आसपास क्षेत्रमा टहरा बनाई बस्दै आएका बिभिन्न जिल्लाका महिला, पुरुष र बालबालिकाहरू गरी १३० जना मानिसहरू खोलामा पानीको बहाब बढी बस्तीमा पानी पसेको र टहराहरुमा बस्न जोखिम भएकोले विद्यालयमा बसेको ।)
| सूचना अधिकारीप्र.ना.उ. मोहन मणि अधिकारीमोवाईल नम्बर:- ९८५१११४८२१ |













