ताथली बाल गृहबाट बालक हराएको सूचना

ताथली बाल गृहबाट बालक हराएको सूचना
भक्तपुर, कार्तिक १२ गते
ताथली बाल गृहबाट एक बालक हराएको छ । गएराति सबै सुति रहेको बेला १६ वर्षका बालक प्रकाश केसी बालगृहबाट हराएकोले खोजबिनका लागि जनसञ्चार खवरलाई गृहका शिक्षक कर्ण राईले  आग्रह गरे  । सुष्टमनस्थितिका केसी सो गृहबाट बेला बेला हराउने गरेको पनि राईले जनाए । यसैक्रममा गएराति अचानक हराएकाले खोजबिनका लागि ताथली प्रहरीमा निवेदन दिन टोलबासी समेत लागेको स्थानीय धनबहादुर थापाले बताए । ३३ जना बालबालिकाहरु संरक्षणमा राखिएको ताथली बाल गृह सौडोल विदेशी सहयोगमा सञ्चालन हुँदै आएको राईले बताए । सो गृहमा अभिभावक बिहिन गरिब बालबालिकाहरुको संरक्षण गर्दै आएको शिक्षक राई बताउँछन् ।

हराएका बालक केसी भक्तपुरस्थित सूर्यविनाक नगरको बालकोट निवासी हुन । उनका अभिभावकहरु प्लास्टिक बटुलेर गृजारा चलाउँदै आएको गरिव एवं घरबार बिहिन त्यसमाथि सुस्टमनस्थितिका बालक भएकाले सो बालगृहले संरक्षण गर्दै आएको थियो । सूर्यविनायक नगरपालिकाको सिफारिसमा बालक केसीलाई संरक्षण गर्दै आएको बताईछ । यद्यपी बेला बेला बाल गृहबाट हराउने गर्दा सञ्चालकहरु तनाबमा छन् । पटक पटक हराएका बालक केसी कहिले आफन्तकोमा त कहिले प्रहरीले खोजेर ल्याएर सो बालगृहमै संरक्षणमा रहेको शिक्षक राईले बताए । सुष्ट मनस्थितिका बालक प्रकाश केसीलाई कही भेटिए वा देखिएमा प्रहरीलाई  खवर  गरिदिन  आग्रह गरेको छ । हराएका बालक आफैले बालगृहको ढोका खोलेर गएराति बाहिरिएको शिक्षक राई बताउँछन् ।