लोकेश्वर साकोसमा समाचार लेखन तालिम शुभारम्भ

लोकेश्वर साकोसमा समाचार लेखन तालिम शुभारम्भ
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उप–समितिको आयोजनामा एक हप्ते समाचार लेखन तालिम शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । तालिमको औपचारीक कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजन जतिले संस्थाबाट स्थापनाकाल देखि नै समुदायमा आधारित रहि आर्थिक कारोबारका साथसाथै सदस्यहरुको चौतर्फि विकाश एवं व्यक्तित्व विकाश हुने किसिमको विभिन्न कार्यक्रम तालिमहरुको संचालन गर्दै आएको जानकारी दिनुभयो ।

अहिलेको सहकारी संस्थाहरुको अवस्थालाई औल्यांउदै सदस्यहरुलाई ब्याजको लोभमा जथाभावी सहकारीहरुमा बचत जम्मा गर्न नहुने र सहकारी संस्था चिनेर मात्र कारोबार गर्न अनुरोध गर्नु भयो । सदस्यहरुको सेवा र सुविधालाई मध्यनजर गरी सहकारीले समय अनुसार विभिन्न सुविधाहरु थप गर्दै अतिरिक्त कार्यहरु गर्दै आएको कुरा राख्नुभयो, साथै उक्त तालिममा सहभागी प्रशिक्षार्थी सदस्यहरुले सजिलै स“ग समाचार लेख्ने सिपको विकास गर्ने विचार राख्नु भयो । तालिमका प्रशिक्षक कृष्णराम किसीले कार्यक्रममा बोल्दै हामीले कुनै पनि आफुले गरेको कार्य र घटनाक्रमहरुलाई अभिलेखका रुपमा लेखि राख्न सकेमा मात्र पछि सम्म उक्त कार्य सम्बन्धी जानकारी दिन सकिने कुरा राख्दै समाचार लेखन तालिमको महत्व सम्बन्धी चर्चा गर्नुभयो ।
संस्थाका संचालक सदस्य एवं उप–समितिका संयोजक कृष्णराम तुकंबन्जारको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपसमितिका सदस्य सूर्यनारायण फांजुले जम्मा १३ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेका र उक्त तालिमको समापन मिति २०८१ श्रावण १९ गते हुने जानकारी दिनुभयो ।