सवारी दुर्घटनाबाट मध्यपुर थिमीमा एकको मृत्यु
मध्यपुर, श्रावण ८ गते
मध्यपुर थिमीमा हिजो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । काठमाण्डौबाट भक्तपुर आइरहेको प्रदेश ३-०२-००६ प. ९०३५नं.को स्कुटी अचानक अनियन्त्रित भई सोही दिशातर्फ गइरहेको लुम्बिनी २ ख १९०४को खाली टिपरको पछाडिको भागमा ठोक्किन जाँदा स्कुटी चालक तेह्रथुम साप्ला वडा नं. ५ घर भई हाल भक्तपुरस्थित कौशल्टार साँगबारी बस्ने बर्ष २१को नविन पुदुङ(लिम्बु)को मृत्यु भएको सूचना अधिकारी राजन कार्कीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । दुर्घटनापश्चात घाइेते भएका लिम्बुलाई भक्तपुर ईन्टरनेशनल अस्पतालमा भर्ना गरिएकोमा उपचारकोक्रममा आज १२ः२२मा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात टिपर चालक काभ्रे भुम्लु गाँउपालिका वडा नं. १० बस्ने वर्ष २६को पुजन शाहलाई प्रहरी बृत्त ठिमीले नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाएको छ।
Featured Posts – Style 1
मिडीयाहाउसको आधारभुत पत्रकारिता तालिम मेलम्चीमा शुरु
2026-06-21 Comments Off on मिडीयाहाउसको आधारभुत पत्रकारिता तालिम मेलम्चीमा शुरु
मिडीयाहाउसको आधारभुत पत्रकारिता तालिम मेलम्चीमा शुरुसगुन बस्नेत ,सिन्धुपाल्चोकजिल्लाको मेलम्ची नगरपालिका–११ मा ३ दिने पत्रकारिता तालिम सुरु भएको छ । मेलम्ची...
भक्तपुर नगरपालिकाको बीसौं नगर सभा सुरुः नेमकिपा अध्यक्ष बिजुक्छेंद्वारा उद्घाटन
2026-06-21 Comments Off on भक्तपुर नगरपालिकाको बीसौं नगर सभा सुरुः नेमकिपा अध्यक्ष बिजुक्छेंद्वारा उद्घाटन
भक्तपुर नगरपालिकाको बीसौं नगर सभा सुरुः नेमकिपा अध्यक्ष बिजुक्छेंद्वारा उद्घाटन भक्तपुर । २०८३ असार ७ गते, आइतबार नेपाल मजदुर किसान...
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन भव्य रूपमा सम्पन्न
2026-06-21 Comments Off on एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन भव्य रूपमा सम्पन्न
लोकतान्त्रिक मूल्य, मान्यता र निर्वाचन संस्कृतिको व्यावहारिक अभ्यास गराउने उद्देश्यले भक्तपुर–२, मिबाछेँस्थित एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन भव्य रूपमा सम्पन्न...
रामशेखर नकर्मीका ख्याल:हरुको कार्यशाला –
2026-06-21 Comments Off on रामशेखर नकर्मीका ख्याल:हरुको कार्यशाला –
रामशेखर नकर्मीका ख्याल:हरुको कार्यशाला --------------------------------------------------------- २०८३ असार ६ गते शनिबार। बरिष्ठ नाट्यकर्मी,लेखक तथा निर्देशक रामशेखर नकर्मीका ख्याल:हरुमाथि केन्द्रीत रही यही...
लोकेश्वर साकोसबाट सरसफाई कार्यक्रम सम्पन्न ।
2026-06-20 Comments Off on लोकेश्वर साकोसबाट सरसफाई कार्यक्रम सम्पन्न ।
लोकेश्वर साकोसबाट सरसफाई कार्यक्रम सम्पन्न ।लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सिथि नखःको अवसर पारेर भक्तपुर नगरको ऐतिहासिक...













