ङातापोल ३२२ औं वर्षमा, आज बुसां दा

ङातापोल ३२२ औं वर्षमा, आज बुसां दा
भक्तपुर, असार २२ गते
भक्तपुरको ऐतिहासिक सम्पदा ङातापोलको आज ३२२ औं स्थापना दिवस मनाउने भएकोे छ । नेपाल सम्वत ८२२मा राजा भुपतेन्द्र मल्लले बनाएको ङातापोल ६ महिनामै निर्माण पूरा गरेको ईतिहासमा पाइन्छ । भक्तपुर नगरपालिका वडा नं. ५स्थित तौमढीमा रहेको ङातापोलको स्थापना दिवसको सम्झनामा आजकै दिन बुसांदा गरी मन्दिरको सरसफाई तथा मर्मत सम्भार गर्ने परम्परा रहेको छ । साथै आजकै दिन ङातापोलको गजुरमा हरेक वर्ष झण्डातोलन गरी मन्दिरको जन्मदिन मनाउने चलन छ । यो पर्व मनाउन भक्तपुरका तुछिमला टोलका अवाल, सुवाल, सिल्पकार समुदाय सहित विभिन्न जातजातका प्रतिनिधीहरु सहितको टोलिले आज ङातापोल मन्दिर भित्र रहेको सिद्धिलक्ष्मीको विशेष पूरा र बोका बलि दिएर बुसादा मनाउने चलन रहेको छ ।