भक्तपुरको दत्तात्रयमा रक्तदान कार्यक्रम सम्पन्न ।
ने. सं. ११४४ बछलागा दशमी शनिबार (२०८१ जेठ १९ गते) का दिन २६४८ औं बुद्धको जन्म, २६१३ औं संबोधिज्ञान लाभ तथा २५६८ औं महापरिनिर्वाण (त्रिसंयोग) बुद्ध जयन्तीको अवसरमा मानन्धर ब्यायाम मन्दिर, साकोलान भक्तपुरको आयोजनामा स्थानिय तचपाल, दत्तात्रय मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । रक्तदान कार्यक्रममा महिला ४ जना र परूष २७ जना जम्मा ३१ जना रक्तदाता महानुभावहरूले रक्तदान गर्नु भयो । ब्यायाम मन्दिरका अध्यक्ष अष्टलाल मानन्धरले रक्तदाता महानुभावहरू तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा,नेपाल रक्तसञ्चार सेवाका प्राविधिक टोलि लगायत सहयोगी सबैलाई धन्यवाद दिनु भयो ।














