विश्व फोटोग्राफी दिवसको अवसरमा भक्तपुरमा  Photo Contest in Photowalk आयोजना

भक्तपुर, भाद्र २ गते

विश्व फोटोग्राफी दिवसको अवसरमा भक्तपुरमा  Photo Contest in Photowalk आयोजना

भक्तपुरका वरिष्ठ फोटोग्राफर केन्दार बनेपालीले १ सय८४ औ विश्व फोटोग्राफी दिवस २०२३को अवसरमा  फोटो कन्टेस्ट इन फोटोवकको उद्घाटन गरेका छन् । भक्तपुरको दरवार क्षेत्रमा  किपाः ग्राफी भक्तपुरले आयोजना गरेको Street of Bhaktapur विषयमा Photo contest in Photowalk कार्यक्रमको फोटोग्राफर बनेपालीले उद्घाटन गरेका हुन ।  उद्घाटनसँगै सहभागि फोटोग्राफरहरुले आज दिनभर भक्तपुर नगरका विभिन्न क्षेत्रको फोटो खिचेका छन् । यसै बीच काठमाण्डौ फोटोग्राफर एशोसिएसनले पनि भक्तपुरको दरवार क्षेत्रमा विश्व फोटोग्राफी दिवसको अवसरमा भक्तपुर फोटोवक एण्ड फोटो कम्पिटेशन २०२३ आयोजना गरेको छ। आज खिचिएका फोटोहरु मध्येउत्कृष्ठ फोटोग्राफरहरुलाई भाद्र ३० गते आयोजना हुने विशेष कार्यक्रम बीच पुरस्कृत गरिने आयोजकहरुले जनाएको छ ।

प्रतियोगितामा सहभागि फोटोग्राफरहरुले आज दिनभर भक्तपुर नगरका विभिन्न क्षेत्रमा पुगेर फोटो खिचेका हुन् । यी नै फोटोहरु मध्ये उत्कृष्ठ फोटोका फोटोग्राफरहरुलाई पुरस्कृत गरिने भएको हो ।