एसईई परीक्षा आजबाट सुरु, जापानका२३ विद्यार्थी पनि सहभागि

एसईई परीक्षा आजबाट सुरु, जापानका२३ विद्यार्थी पनि सहभागि
भक्तपुर, चैत्र १५ गते
एसईई परीक्षा आजबाट सुरु भएको छ । चैत्र २७ गतेसम्म हुने यस परिक्षामा ५ लाख चार हजार चार सय १४ जना परीक्षार्थीहरु सहभागि हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज विहान ८ बजे बाट सुरु परीक्षामा सामुदायिक र संस्थागत दुवै तर्फबाट २ लाख ५० हजार ७ सय ७२ छात्रा र २ लाख५३ हजार ६ सय २७ छात्रहरु सहित ५ लाख चार हजार चार सय १४ जना परीक्षार्थीहरुले सहभाजिगता जनाउने छन् । परीक्षामा १५ जना अल्पसंख्यक समुदायका परीक्षार्थीहरु पनि सहभागि हुने बोर्डको भनाई छ ।
एसर्ईई परीक्षाकालागि देशभर २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको छ । यसै बीच नेपालमा माध्यमिक शिक्षा परीक्षा(एसईई)को रुपमा सञ्चालन हुने परीक्षा जापानमा पनि भएको छ । यस वर्षको एसईई परीक्षामा जापानमा रहेका १५ छात्रा र ८ छात्र गरी २३ विद्यार्थीहरुले परीक्षा दिने बोर्डले जनाएको छ ।
परीक्षा संचालन गर्न ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरिएको छ । ६०६४ परीक्षा केन्द्रमा प्रति केन्द्रमा परीक्षा केन्द्राध्यक्ष १ जना १ सय ५० विद्यार्थी बराबर एक जना सहायक केन्द्राध्यक्ष, प्रति २० जना विद्यार्थी बराबर एक जना निरिक्षक परिचालन गरिएको हो ।