सिंह दरवार खालि गर, भंसि पाल्न आउँदैछौं रे……..

सिंह दरवार खालि गर, भंसि पाल्न आउँदैछौं रे……..
भक्तपुर,
नेपाल दुग्ध विकास संस्थानबाट भूक्तानी नपाएका कृषकहरुले आज भक्तपुरमा चक्का जाम कार्यक्रम गर्दै सरकारलाई दवाफ दिने प्रयास गरेका छन् । देशभरका कृषकहरुको भुक्तानी रोकेको भन्दै किसानको घरमा नुन किने पैसा छैन, डिडिसिले ४ अर्वबाट ६ अर्व उधारो पुईसक्यो भन्दै कृषकहरुले भक्तपुरको जगातीमा भंसि सहित सडकमा आएर सरकारको ध्यानाकर्षण गराएका हुन । किसानलाई सत्तामा पुग्नु छैन्, दुधको भुक्तानी चाहिएको छ भन्दै आन्दोलनमा आएका कृषकहरुले सिंहदरवार खालि गर, भंसि पाल्न आउँदै छौं नारा सहित विदेशबाट दुध जन्य पदार्थ खरिद नगर्न चेतावनी दिएका थिए ।
फाल्गुण २१ गते देशभर निर्णायक आन्दोलन गर्ने चेतावनी दिदै अभियान्त प्रेमनारायण अधिकारीले किसानलाई आफ्नो समस्या लिएर सडकमा आउन बाध्य पारेको भन्दै किसानका समस्या समाधान छिट्टै गरि दिन आग्रह गरे । भंसि सहित सडकमा आएका राष्ट्रिय किसान समूह माहासंघका सदस्य कृषकहरुले सवारी आवागमन अवरुद्ध गरेर किसानको माग प्रति ध्यानाकर्षण गराउन खोजेका थिए ।